कोरियामा लुम्बिनी एफ सीको तसर्थ समितिलाई पूर्णता दिन आगामी आइतबार बृहत भेला गरिने


फोनिज कोरिया संवाददाता
सोल ,

दक्षिण कोरियामा फुटबल खेलप्रति बढ्दो आकर्षण संगै फुटबल क्लब (एफ.सी) गठन हुने क्रम पनि तिब्र बनेको छ । यसैक्रममा गत शनिबार सउलमा लुम्बिनी एफ.सीको ओम थापाको सँयोजकत्वमा तीन सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

प्रवासी भुमि दक्षिण कोरियाको बिभिन्न क्षेत्रमा छरिएर रहेका लुम्बिनी क्षेत्र अन्तर्गत पर्ने जिल्लाहरु रुपन्देही ,नवलपरासी ,पाल्पा ,कपिलवस्तु ,गुल्मी र अर्घाखाँची भित्रका फुटबल खेलाडी तथा फुटबल प्रेमीहरुले खेल प्रति राखेको चासोलाई मध्ये नजर गर्दै समिती गठन गरिएको हो ।

समितीमा सदस्यहरु कमल थापा , बिजय राना र कुमार लामा रहेका छन् । लुम्बिनी क्षेत्र अन्तर्गतका जिल्लाहरुको खेलाडीहरुलाई समेटेर एक सशक्त फुटबल टिम बनाउने र दक्षिण कोरियामा लुम्बिनीको पहिचान र अस्तित्वलाई दिगो राख्ने उद्देश्य समितीको रहेको छ।

यस एफ सीले फुटबल खेलाडीहरुको हितका साथै अन्य सामाजिक क्षेत्रहरुमा पनि विभिन्न किसिमका भईपरि आउने समस्याहरुमा सहयोग र हातेमालो गर्दै अगाडि बढने सँयोजक ओम थापाले बताए ।

तसर्थ समितिलाई पूर्णता दिई लुम्बिनी एफ सीलाई बिस्तार गरि अगाडि बढाउनको लागि आगामी आइतबार अक्टोबर
१० तारिख छलफल तथा बृहत् भेला आयोजना गर्ने भएका छन् । सो दिन लुम्बिनी क्षेत्रका जिल्लाहरु रुपन्देही ,नवलपरासी ,पाल्पा ,कपिलवस्तु ,गुल्मी र अर्घाखाँची भित्रका फुटबल खेलाडी लगायत खेलप्रति आस्थावान खेलप्रेमी महानुभावहरुलाई उपस्थितिको लागि समितीले आग्रह गरेको छ ।

भेला हुने स्थान र मिती निम्न अनुसार रहेको छ ।

मिति :- 2017 / 10/ 22 ,  आईतवार
समय :- दिनको 12 बजे
स्थान :-  ज्योती रेष्टुरेन्ट, ( छोङ्गगाक स्टेसन गेट नम्बर – 12 )

contact no

Kamal Thapa – 010 4979 1693

Bijaya Rana  – 010 2761 8133

Kumar Lama – 010 8281 5181

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...