एनआरएन कोरियाद्धारा निर्वाचन प्रक्रियामा धाधली भएको विषयलाई खण्डन गर्दै प्रेस विज्ञप्ति जारी


गैर आवासिय नेपाली संघ (एनआरएन) कोरियाले निर्वाचन प्रक्रियामा धाधली भएको विषयलाई खण्डन गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । एनआरएन कोरियाको गत सेक्टेम्बर ९ र १० तारिखमा सम्पन्न निर्वाचन प्रक्रियामा धाधली भएको भन्दै छानबिनका लागि सउलस्थित नेपाली दुतावास मार्फत पत्र पठाईएको समाचार विभिन्न अनलाइन खबर तथा सामाजिक संजालमा छाएको विषयलाई ध्यानकार्षण गर्दै एनआरएन कोरिया निर्वाचन कमिटिले प्रेस विज्ञप्ति निकालेको हो ।

समाचारमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति आधिकारीक रुपमा नेपालमा दर्ता भएको संस्थामा अवैधानिक किसिमबाट निर्वाचन गराइएको भन्दै छानविन गराउन माग गरिएको थियो । त्यस्तै निर्वाचनमा पराजित अधिकांश उम्मेदवारदेखि पूर्व कार्यसमितिका पदाधिकारीसम्मले हस्ताक्षर सहितको पत्र पठाउदै निर्वाचन मण्डलले नियोजित रुपमा निर्वाचनमा षडयन्त्र गरेको भन्दै कारवाहीको समेत माग गरिएको विषयमा गैर आवासीय नेपाली महासंघ दक्षिण कोरिया गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति निकालेको हो । एनआरएनको छैटौ कार्यसमितिको निर्वाचन परिणामको बिषय उपर बिभिन्न संचार माध्यम, सामाजिक संजाल तथा गैर आवासीय नेपाली महासंघ दक्षिण कोरियासंग आबद्ध सुभ चिन्तक महानुभावहरुबाट उठाइएका बिभिन्न जिज्ञासाहरुप्रति निर्वाचन कमिटिको गम्भीर ध्यानाकर्षण भएको र उठाइएका बिषयप्रति निर्वाचन कमिटिको निम्न अनुसार अधिकारिक धारणा रहेको कुरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा जानकारी गराईन्छ भन्दै विज्ञप्तिमा बूँदागत रुपमा भनिएको छ,

क. कुल मतदाता संख्या सम्बन्धमा,
– गैर आवासीय नेपाली महासंघ दक्षिण कोरियाको छैटौ अधिबेशनमा गैर आवासीय नेपाली महासंघ दक्षिण कोरियाको ५ औ कार्यसमितिले उपलब्ध गराएको पंजीकृत सदस्यहरुको अन्तिम नामावली २२८३ मध्ये कुल १४७४ मत खसेको निर्वाचन कमिटीले यसअघि नै घोषणा गरेको जनाकारी गराईन्छ ।
– बिभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा कुल खसेको मतको संख्या १४१४ भनी उल्लेख गरिएकोमा उक्त संख्या अधिकारिक नभई निर्वाचन सम्पन्न हुन भन्दा केहि समय अगावै निर्वाचन कमिटीले के कति मतदान भयो भनी नोट गरिएको संख्या मात्रै भएको सम्पूर्णमा जनाकारी गरार्ईन्छ ।
– निर्वाचन सम्बन्धि सम्पूर्ण कागजात तथा तथ्यांकहरु निर्वाचन समितिसंग सुरक्षित रहेको जानकारी गराउदै, कुनै व्यक्ति वा संस्थामा “निर्वाचन सम्बन्धि” कुनै प्रकारका जिज्ञासा भएमा निर्वाचन समितिमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

ख. फर्जी मत सम्बन्धमा,
निर्वाचनको क्रममा मतदाता परिचय पत्रमा केहि कमीकमजोरीहरु भेटिएका जस्तै, एउटै नम्बरका धेरै भेटिएका, फोटो नभएको, सम्बन्धि व्यक्तिको फोटो नभई अन्य व्यक्तिको फोटो पाइएको, नाम नमिलेको) पंजीकृत सदस्यको प्रमाणीकरण र परिचय पत्र वितरण आदि बिषयहरु निर्वाचन समितिको कार्यक्षेत्र भन्दा बाहिर रहेको कुरा स्पस्ट पार्न चाहन्छौ । उक्त कमि कमजोरीहरुको फाइदा उठाउदै केहि व्यक्तिहरुले मतको दुरुपयोग गर्दा वास्तविक मतदाता मतदानबाट बन्चित हुनुपरेकोमा निर्वाचन समिति दुख प्रकट गर्दछ ।
यदपि मतदाताहरुको मत अधिकारको सुनस्चितका लागि निर्वाचन समितिले ICC तथा अध्यक्षका प्रत्यासी उमेद्वारहरुसंग छलफल तथा अनुरोध गर्दा उक्त ब्यक्तिहरुलाई मतदान गर्न नदिने निर्णय भए मुताविक निर्वाचन समितिले सोहि अनुरुप कार्यसम्पादन गरेको जानकारी गराउन चाहन्छौ ।

ग. उम्मेदवारी उपर दाबी बिरोध सम्बन्धमा,
गैर आवासीय नेपाली महासंघ दक्षिण कोरियाको छैटौ कार्यसमितिको उम्मेदवार उपर निर्वाचन समिति समक्ष आएका दावी बिरोधका उजुरी उपर गैर आवासीय नेपाली महासंघ निर्वाचन नियमवाली, गैर आवासीय नेपाली महासंघ दक्षिण कोरियाको बिधान-२०१५ तथा निर्वाचन नियमावली २०१७ अनुसार बिस्तृत छलपल तथा र आवासीय नेपाली महासंघ (केन्द्र) सहितको परामर्शको आधारमा उम्मेदवारको अन्तिम नामवली प्रकाशन गरिएको जनाकारी गराईन्छ । साथै दावी बिरोधका उजुरीकर्ताहरुमा उजुर उपरको छानबिनको निर्णय जनाकारी गराई सकिएको अवगत गराईन्छ।

यता केही अनलाइन समाचारहरुमा भने निर्वाचनमा भएको धाँधली र अनियमिताको निश्पक्ष रुपमा छानबिन गर्नुपर्ने मागहरु यथासिघ्र पुरा हुनुपर्ने र निर्वाचन प्रणालीप्रति असन्तृष्ट रहेको पक्षले आफूहरुको मागलाई तुरुन्त सम्बोधन नभए कोरियाको स्थानीय अदालतका न्यायको लागि पहल गर्न आफूहरु बाध्य हुने निवेदकपक्षबाट बताएइको समाचारमा उल्लेख गरिएको थियो ।

समाचारमा उल्लेखित निवेदकहरुबाट पेश गरिएका निवेदनका वुदाहरु निम्न अनुसार रहेका थिएः

(क) दाबि विरोधको क्रममा केही उमेदवारहरु विद्यार्थी भिषा र २ बर्ष कार्यकाल नपुगेको भनि उजुरी परेको तर निर्बाचन मण्डलले कुनैपनि छानबिन नगरी दाबिबिरोध परेको उमेदवारसगँको मिलेमतोमा पदाधिकारी उम्मेदवारको उम्मेद्बारी दर्ता गरएको तर सदस्य पदको उम्मेदवारलाई भने कारवाही गरेको पाइएको छ ।

(ख) उम्मेदवारी दर्ताको समय २०१७ सेम्टेम्बर ८ बेलुकी ९ बजेसम्म मात्र भएको भए पनि निकै ढिलो नामलवी आउदा कति बजेसम्म उम्मेदवारी लिएको प्रष्ट नभएको, सहमती उम्मेद्बारी फिर्ताको समय २०१७/९/९ को बिहान ९ बजे सम्म तोकिए पनि निर्बाचन मण्डलले आफ्नो नजिकको उमेदवारहरुको उम्मेद्बारी फिर्ता २०१७/९/९ बेलुकी १२ बजेसम्म लिएको तर उम्मेद्बारी फिर्ताको जानकारी कहि कतै सार्वजनिक नगरी सिधै निर्बाचन प्रक्रिया सुरु गरिएको ।

(ग) एनआरएन दक्षिण कोरियाको पञ्जिकृत सदस्यता परिचयपत्र जम्मा २२८८ छपाइएको र कुल मत १४१४ खसेको भनिए पनि बाकी ८७४ वटा परिचय पत्र निर्बाचन मण्डल देखाउन आनाकानी गरेको ।

(घ) निर्बाचनको मत परिणाम सार्वजनिक गर्ने क्रममा निर्बाचन मण्डलको संयोजक केपि सिटौलाले कुल खसेको मत १४१४ भनेर हलमा सार्वजनिकरुपमा भनेको तर ३ जना अध्यक्षको मत खसेको लक्ष्मी लामा गुरुङ ६६०, ओम नारायण जुग्जाली ५३० जुनु गुरुङ २३२ अध्यक्ष प्रत्यासीहरुको मत जोडदा कुल मत १४२२ अर्थात खसेको मत भन्दा ८ मत बढी भेटिएको छ ।

(ङ) जम्मा खसेको मत १४१४ मा दिपक पुन, बिपिन गुरुङ ६७३ तटस्थ बसेको मत १३६, इन्दिरा तिवारी ६०१ राजु थापा ५७५ तटस्थ बसेको मत २३८ यति धेरै मतदाता हरु तटस्थ बस्दा शंका उत्पन्न भएको छ ।

(च) मतदान गर्ने क्रममा उपलब्ध गराइएको गोप्य नम्बर दिने क्रममा कागजमा छपाइ गरेको अन्य गोप्य नम्बर पनि देखाउदा सम्बन्धित मतदाताको नम्बर उपलब्ध गराउदा लापरवाही गरेको पाईयो ।

(छ) लामो समय सम्म लाइनमा बसेर मत खसाल्न जादा निर्बाचन मण्डलको मिलेमतोमा सम्बन्धित मतदाताको मत अरुले नै फर्जी मत खसाइदिईसकेको पाइएको छ । जसमा पुर्व अध्यक्षका प्रत्यासी तथा भूपु उपाध्यक्ष रविन तामाङ, निवर्तमान सदस्य किरण अधिकारी, पूर्व उपाध्यक्ष सिर्जना नेपाली , निर्वा्चित सदस्य विनोद गुरुंग लगायतले आफ्नै मत समेत खसाल्न नपाएको, भोट हाल्न जादा कसैलाई अर्कैको नाममा भोट खसाल्न दिएको पनि पाईयो ।

(ज) पत्रकारहरुलाई पक्षपाति ढंगले प्रवेश नदिएकोः राष्ट्रिय टेलिभिजन एपि वान, सेतोपाटी, हेल्लोनेपाल कोरियाडट कम जस्ता मिडियालाई प्रवेश अनुमति नदिएको र आफूखुसी व्यक्तिहरुलाई प्रवेश दिएर निर्वाचनमा नियन्त्रण लिइएको ।

(झ) देवनागिरी क्रममा उम्मदवारहरको नाम राख्ने भनेर नियमावलीमा आएपनि नियतवस मनपरी ढंगले राखिएको पाइयो ।
(ञ) प्रचार प्रसारमा रोक लगाउने जानकारी दिएर एक पक्षले प्रचार गर्दा मुकदर्शक बनेर निर्वाचन आचारसहिंता लागू गर्न पहल नगरेको ।
ट) निर्बाचन मण्डललाइ पटक पटक जानकारी गराउदा पनि निर्बाचन मण्डलले वास्ता नगरी जबर्जस्ती गरेको हुदा यो निबेदन पेश गर्न गएको जानकारी गराउदछौ ।
ठ) परिचय पत्र नभएकोहरुलाई समेत भोट हाल्न दिएको, आपसी मिलेमतोमा फर्जि मत खसालिएको ।
ड) यस अघि विधार्थी संगठन सोनसिकको मदतान प्रकृयामा असफल भएको प्रविधि पूनः नियोजित तरिकाले प्रयोग गरि निर्वाचन प्रणालीलाई दुरुपयोग गरेको ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...