एनआरएन कोरिया, छैटौ राष्ट्रिय महाअधिबेसनको निर्वाचन कार्यतालिका तथा नियमावली प्रकाशित


गैर आवासीय नेपाली संघ दक्षिण कोरिया(एनआरएन)ले यहि सेक्टेम्बर ९ र १० मा हुन लागेको छैंटौं राष्ट्रिय महाधिबेसनको निर्वाचन सम्वन्धि कार्यतालिका तथा नियमावली प्रकाशन गरेको छ ।  छैंटौं महाधिबेसनको निर्वाचन प्रक्रियालाई निष्पक्ष र विवादरहित वातावरणमा सम्पन्न गराउने उदेश्यका साथ गत अगस्ट ८मा गैर आवासिय नेपाली संघ कोरियाको कार्यसमितिद्धारा गठित निर्वाचन समितिले संशोधित २००६ को परिछेद ८ धारा १८ को दफा २४ले निर्वाचन समितिलाई प्रतायोजन गरेको अधिकारलाइ प्रयोग गरि तयार पार्नुका साथै गैर-आवाशीय नेपाली संघ कोरियाको संसोधित विधान २०१५ का आधारमा तयार पारिएको  हो ।
के पी सिटौलाको संयोजकत्वमा नौजना सदस्यसहित गठन गरी तयार पारिएको छैटौ राष्ट्रिय महाअधिबेसनको निर्वाचन कार्यतालिका तथा नियमावली  तल जस्ताको तस्तै राखिएको छ ।

 

गैर आवासीय नेपाली संघ दक्षिण कोरिया

राष्ट्रिय महाधिवेशन सम्वन्धि नियमावली २०१७

गैरआवासीय नेपाली संघको बिधान २००६  को परिछेद ८ धारा १८  को दफा २४ मा उल्लेखित राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित गर्नको लागि यो नियमावली तथा आचार संहिता जारी गरिएको छ।

१.   परिभाषा

1.“नियमावली” शब्दले यस निवार्चन नियमावलीलाई जनाउनेछ।

2.“बिधान” शब्दले गैर-आवाशीय नेपाली संघ दक्षिण कोरियाको बिधानलाई जनाउनेछ।

3.“कायर्कारी समिति” शब्दले गैर-आवाशीय नेपाली संघ दक्षिण कोरिया को कायर्कारी समितिलाई जनाउनेछ।

4.“सदस्य” शब्दले गैर-आवाशीय नेपाली संघ दक्षिण कोरियाको सदस्यलाइ जनाउनेछ।

5.“निवार्चन समिति” शब्दले गैर-आवाशीय नेपाली संघ दक्षिण कोरिया को भन्नाले गैर-आवाशीय नेपाली संघ दक्षिण कोरियाको राष्ट्रिय महाधिवेशन गराउन बनेको निवार्चन समिति लाई जनाउनेछ।

6.“मतदाता” शब्दले निवार्चनमा मतदान गर्नेर्पाउने अधिकार प्राप्त, कार्यकारी समिति द्दरा निवार्चन समिति लाई उपलब्ध गराइएको अन्तिम मतदाता सुचिमा नाम भएको नाम भएका गैर-आवाशीय नेपाली संघ दक्षिण कोरिया को सदस्यलाइ जनाउनेछ।

7.“उमेदवार” शब्दले आवाहन गरिएको पदहरुमध्य कुनै एक पदकालागि रित पुर्वक उमेद्वारी दिई निवार्चन समितिद्दरा उमेदवारी स्वीकृतभइ अन्तिम उमेदवारसुचिमा नाम प्रकाशित भएका व्यक्ति हरुलाई जनाउनेछ।

8.website शब्दले गैरआवासीय नेपाली संघ राष्ट्रिय दक्षिण कोरियाको अधिकारिक website: https://kr.nrna.org/ / लाई जनाउने छ ।

२.   नियमावली निमार्ण

1.यो नियमावली गैर-आवाशीय नेपाली संघ कोरियाको सात महाधिबेशनको निवार्चन प्रक्रियालाई निष्पक्ष र विवादरिहत वातावरणमा  सम्पन्न गराउने उदेश्यका साथ, सन् २०१७ अगस्ट ८ का दिनमा गैर-आवाशीय नेपालीसंघ कोरियाको कायर्कारी समितिद्दरा  गठित निवार्चन समितिले संशोधित २००६ को परिछेद ८ धारा १८ को दफा २४ले निर्वाचन समितिलाई प्रतायोजन गरेको अधिकार लाइ प्रयोग गरि तयार पारेको छ।

2.यो नियमावली गैर-आवाशीय नेपाली संघ कोरियाको संसोधित विधान २०१५ का आधारमा तयार पारिएको छ।

3.यो नियमावलीमा नसमेटिएका निवार्चन सम्बन्धि कुनै पनि विषयमा विवाद भएमा निचार्चन समितिको निणर्य अन्तिम हुनेछ।

३.   निवार्चन समिति

निवार्चन प्रक्रिया  सम्पन गराउनका लागि कायर्कारी समिति द्दरा गठित निवार्चन समिति  र यसका सदश्यहरु निम्न अनुसार  रहेका छन।

संयोजक: श्री के पी  सिटौला

सदस्य: डा. देबी बहादुर बस्नेत

सदस्य: डा. भुषण श्रेष्ठ

सदस्य: श्री बिनोद कुँवर

सदस्य: श्री  भिम गुरुङ

सदस्य सचिब: श्री बिमल सुबेदी

प्राबिधिक टिम : डा ज्ञानेन्द्र जोशी

श्री आशिस मानन्धर

श्री नारयण खत्री

४.   निवार्चन प्रक्रिया

निवार्चन नियमावली तथा कायर्तालिका निमार्ण अघि , गठित  निवार्चन समितिले विधानको बृस्तृत अध्यन गर्नेछ ।

1.निवार्चन समितिले यस नियमावली अगावै बृस्तृत  निवार्चन कायर्तालिका प्रकाशित गर्नेछ। उक्त कायर्तालिकामा उमेदवारीको आबेदनको अन्तिम मिति, दावि, बिरोध, उमेद्वारी फिर्ता,निवार्चनको मिति  र समय उलेख हनेछ।

2.निवार्चन प्रयोगका लागि मतदाता नामावली निवार्चन समितिको आग्रहमा कायर्कारी समितिले तोकिएको समय भित्र उपलब्ध गराउनेछ।

3.मतदाता तथा उमेदवार नामावलीमा आउने दावि विरोधलाई कायर्कारी समिति  र निवार्चन समितिको संयोजनमा सुझाइनेछ ।

4.निवार्चन कायर्तालिका,  निवार्चन नियमावली,  मतदाता नामावली,  उमेदवारी दतार्फाराम, उमेदवारी फितार्पत्र,  उमेदवार नामावली,  आदि लगायत निवार्चनसगँ सम्बन्धित सम्पूर्ण कागजातहरु निवार्चन समितिले सरोकारवाला सबैको जानकारीका लागि कनैपिन समयमा हेर्न र डाउनलोड गर्न मिल्ने गरि खुल्ला गरिनेछ । यी कागजात हरुको लिङ्क निवार्चन अविधभरकालागि website मा राखिनेछ।

५.   मतदाता नामावली

निवार्चन समितिले कायर्कारी समिति द्दरा उपलब्ध गराइएको मतदाता नामावली निवार्चन कायर्तालिकामा उलेखित  समयमा प्रकाशित गर्नेछ।

1.निवार्चन समिति द्दरा प्रकाशित गरिने मतदाता नामावलीमा नाम भएका सम्पूर्ण सदश्यहरुलाई मतदानको अधिकार हुनेछ।

2.प्राम्भिक मतदाता नामावलीमा उलेखित  नाम आफ्नो  आवाशिय कार्ड (Alien Card) वा प्रमाणक रुपमा पेस गरेको प्रमाणपत्र भएको नामसगँ हुबहु नमिलेमा “मतदाता नामावलीमा दावी बिरोध” को समयिभत्र निवार्चन समितिलाई जानकारी गराउन पर्नेछ।

3.मतदानको समयमा, मतदाता नामावलीमा उलेखित नाम र आवाशिय कार्ड (Alien Card) वा प्रमाणक रुपमा पेस गरेको प्रमाणपत्र भएको नामसगँ हुबहु नमिलेमा निवार्चन समिति आवस्यक अनुसन्धान गरि निर्णय गर्ने छ। र सो अवस्थामा निर्वाचन कमिटिको निर्णय अन्तिम हुनेछ।

4.गैर-आवाशीय नेपाली संघ कोरियाका सम्पूर्ण सदस्यको जानकारीका लागि मतदाता

5.नामावलीलाई निवार्चनका अवधि सम्म डाउनलोड गर्न मिल्ने गरि website मा  राखिनेछ।

६.   उमेदवारी आवाहन गरिएका पद र संख्या र उमेद्वारी शुल्क

गैरआवासीय नेपाली संघको बिधान २००६  को संसोधन २०१५ मा उल्लेखित राष्ट्रिय समन्वय परिषदको गठनको नियमअनुसार देहाय बमोजिमका पदका लागि निवार्चन हुनेहँदा, उमेदवारी दिन इक्शुक  र आवस्यक योग्यता पुरा गरेका गैर-आवाशीय नेपाली संघ कोरियाका सम्पूर्ण सदश्यलाई निवार्चन  कायर्तालिकामा उलेखित समयभित्र समयिभत्र उमेदवारी  दर्ता गर्न आव्हान गरिन्छ।

 

क्र.स पद संख्या उमेद्वारी शुल्क(वन)
आई.सी सी सदस्य १२,००,०००
अध्यक्ष ११,००,०००
 बरिस्ट  उपाध्यक्ष १०,००,०००
उपाध्यक्ष ९,००,०००
महासचिब ९,००,०००
सचिब ७,००,०००
कोषाध्यक्ष ७,००,०००
सह कोषाध्यक्ष ५,००,०००
युवा प्रतिनिधि ४,००,०००
१० महिला प्रतिनिधि ४,००,०००
११ सदस्य ३,००,०००
१२ निर्वाचित कार्यसमितिबाट

मनोनित  सदश्य (प्रबक्ता सहित)

कुल सदश्य संख्या (NRN Korea 21+ ICC 2) २३

 

उमेदवारीका शर्त तथा योग्यता

1.गैर-आवाशीय नेपाली संघ कोरियाको सदश्य भै, यस निवार्चनका लागि निवार्चन समिति ले प्रकाशित गर्ने “अन्तिम मतदाता नामावली” मा नाम भएका सबै पंजिकृत सदश्य उमेदवारी आवाहन गरिएका कुनै पनि एक पदका लागि उमेदवार हुन योग्य हुनेछन्। तर, निम्न शर्तहरु लागूहुनेछन।

2.“अध्यक्ष” र “बरिस्ठ उपाध्यक्ष” पदका लागि उमेदवार बन्नका लागि निज अन्तर्राष्ट्रिय समन्वय परिषदको पदाधिकारी वा सदस्य वा अन्तर्राष्ट्रिय समन्वय परिषदको सल्लाहाकार वा कुनै पनि राष्ट्रिय समनवय परिषदको पदमा एक कार्यकाल अनिबार्यरुपमा पूर्ण अवधि सम्म रही पुरा गरेको हुनुपर्ने छ।

3.“अन्तर्राष्ट्रिय समन्यव परिषद” पदमा उमेदवारी दतार्का लागि गैरआवाशीय नेपाली संघको संशोधित विधान २०१३ को दफा १७.५.३ अनुसारको निज राष्ट्रिय समन्वय परिषदको पदाधिकारी वा सदस्य वा अन्तर्राष्ट्रिय समन्वय परिषदको सल्लाहाकारको पदमा एक कार्यकाल अनिबार्यरुपमा पुरा गरेको हुनुपर्ने छ।

4.गैर-आवाशीय नेपाली संघ कोरियाको यस अघि राष्ट्रिय वा क्षेत्रीय रुपमा कुनै जिमेवारी समालेको भए अनिबार्यरुपमा निजले गैर-आवाशीय नेपाली संघ कोरियालाई निजले तिर्नु पर्ने सबै किसिमको आर्थिक दहित्तोपूर्ण रुपमा फर्छ्योट गरेको हुनुपर्ने छ।

5.मुख्य पदहरुका कुनै पनि उम्मेद्वारले अनिवार्य रुपमा बैधानिक तवरले न्युनतम २ बर्ष (कार्य समितिको पूर्ण कार्यकाल) दक्षिण कोरियामा रहने सुनस्चिता भएको हुनु पर्नेछ| यसरि प्रमुख पद भन्नाले आई.सी सी सदस्य, अध्यक्ष, बरिस्ठ उपाध्यक्ष, उपाध्यक्ष,महासचिब,सचिब,कोषाध्यक्ष भनी बुझ्नु पर्नेछ|

6.निवार्चन समितिका पदाधिकारी कनै पदको उमेदवार हुन पाउने छैनन।

८.   उमेदवारी दर्ता प्रक्रिया

1.निवार्चनमा उमेदवारहुनका लागि नियमानसार गैर-आवाशीय नेपाली संघ कोरियाको पंजिकत सदस्य भएको हुनुपर्ने छ।

2.उमेदवारी दर्ता गर्दा फारममा सम्पूर्ण बिवरण लेखि, उमेद्वारी दर्ता शुल्क दाखिलाको भौचर, परिचय खुल्ने कागजातको  प्रमाण सहित इमेल मार्फत पठाउनु पर्ने छ|

3.अध्यक्ष पदको उमेदवारका हकमा एक (१) जना प्रस्तावक र तीन (३) जना समथर्कका नाम तथा सदस्यता नम्बर तथा  सम्पर्क नम्बर सहित  उमेद्वारी दिनु पर्ने छ । तर, अध्यक्ष बाहेकका पदका हकमा भने एक (१)  जना प्रस्तावक  र एक (१)  जना समथर्कको मात्र भए पग्नेछ।

4.“अन्तर्राष्ट्रिय समन्यव परिषदपदमा (आईसीसी) पदको उमेदवारका हकमा पनि एक (१) जना प्रस्तावक र तीन (३) जना समथर्कका नाम तथा सदस्यता नम्बर तथा सम्पर्क नम्बर सहित  उमेद्वारी दिनु पर्ने छ ।

5.कनै एक पदका लागि प्रस्तावक रहीसकेको व्यक्ति अर्को पदको लागि पनि प्रस्तावक नै या समथर्क रहीसकेको व्यक्ति समथर्क नै रहन पाइनेछैन। तर,प्रस्तावक रहीसकेको व्यक्ति समथर्क अथवा समथर्क रहेको व्यक्ति प्रस्तावक भने रहन पाइनेछ। साथै,एकजना व्यक्ति उही  उमेदवारको प्रस्तावक  तथा समथर्क रहन पाइनेछैन।

6.उमेदवार नामावाली तथा मतपत्रमा रहने  उमेदवारको नामक्रम देवनागरी बर्णमाला अनुसार हुनेछ।

7.उमेदवारी फिता  समयसीमा भित्र उमेद्वारी फिर्ता नालियमा उमेदवारी दर्ता बापतको शुल्क रकम फिता गरिने छैन।

९.   मतदान प्रक्रिया

1.तोकिएको समय र स्थानमा  मात्र मतदान गरिने व्यवस्था गरिने छ ।

2.मतदान प्रणालीको प्रकारको छनोट सम्पूर्णरुपमा निर्वाचन कमिटिको निर्णयमा हुने छ ।

3.मतदान रुपमा गोप्य रुपले गरिने छ ।

4.मतदाताले अनिबार्यरुपमा आफ्नो सक्कल आवाशिय कार्ड (Allien Card), प्रमाणका रुपमा पेस गरेको प्रमाणपत्र तथा आफ्नो NRNA कार्डलिएर मतदान केन्द्रमा आउन पर्ने छ  र मतदान गर्ने समयमा देखाउन पर्नेछ।

5.समय अगाडीनै मतदान सकिएमा, निवार्चन समितिले अग्रिम जानकारी गराइ मतदान समाप्त भएको घोषणा गर्ने सक्नेछ।

6.मतदान कार्यक्रम सम्पन भएपछि  तोकिएको  समय र स्थानमा मतगणना सुरु गरिने छ र निवार्चन पर्यवेक्षक, निवार्चन समिति  र उमेदवारका प्रतिनिधिको  रोहवरमा गर्नुपर्ने छ।

7.निवार्चन परिमाण घोषणा निवार्चन कायर्तालिका अनुसार गरिनेछ।

१०. निवार्चन परिमाण

1.सम्बन्धित पदका लागि प्रत्यासी मध्ये सदर मतका हिसाबले सबै भन्दा बढी मत पाउने उमेद्वार लाई बिजेताका रुपमा घोषणा गरिनेछ।

2.एक वा दुइ भन्दा बढी सम्बन्धित पदका लागि प्रत्यासी उमेद्वारको बराबर सदर मत आएमा बिजेताको निर्णय गोलाप्रथा मार्फत गरिनेछ।

3.कुनै पदमा एक मात्र उमेद्वारको मनोनयन परेमा निर्बिरोध निर्वाचित भएको घोषणा गरिनेछ।

११. बिबिध:

1.गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदको बिधानमा व्यवस्था भए अनुसारको मनोनयन पत्र रित पुर्वक छ छैन, निर्वाचन आयुक्तले हेरी रितपूर्वक भए दर्ता गर्ने र रित नपुगेको भए आवस्यक संसोधन गर्न लगाई मनोनयन पत्र दर्ता गर्नेछन

2.कार्यसमितिमा रहेका पदहरु भन्दा बढीको उमेदवारिहरु रहेमा उमेदवारिहरु विच सहमतिको प्रयासका लागि पहल गर्ने छ।

3.कुनै पनि सद्स्य तथा उमेदवारले अन्तिम उमेद्वार नामावली प्रकाशन पछि व्यानर, पम्पेटिङ्ग, खुल्ला सभा जस्ता कार्य गर्न पाउने छैन। धर्मिक, राजनैतिक, जातिय नारा प्रचार प्रसारमा ल्यउनु पाउने छैन । एक उमेदवारले अर्को उमेदवारको व्यक्तिगत चित्रण, गालि गलौच,अपशब्द जस्ता अमानवीय कार्यहरु गरेको प्रमाणित भएमा कार्वाहि स्वरुप निर्वाचन समितिलै उमेदवारि वदर गर्नेसक्नेछ ।

4.निर्वाचन समितिका कुनै पनी निर्वाचन सद्स्यहरुले महाधिवेशनको अवधि भर कुनै पनी उमेदवारको पक्षविपक्ष वोल्ने या सघाउन पाउने छैन।

5.उमेदवारहरुले आफ्नो प्यानल खडा गरी समूहिक उमेदवारी दिन तथा समुहगत प्रचार गर्नु लाई समेत यो आचार संहिताको उलंघन मानिने छ र निर्वाचन समिति र केन्द्रीय अनुगमनकर्ताको रोहबरमा  आवश्यक कार्वाही गर्नको साथै उमेदुवारीबाट समेत बन्चित गराउन सक्ने छ ।

6.गैर आवसिय नेपाली संघ राष्ट्रिय समनवय परिषदको अध्यक्ष, उपाध्यक्ष्य, महासचिव को उमेदवारिका लागि उमेद्वारी दिएको समयमा अन्य कुनै (राजनैतिक, धार्मिक र जातीय) संघ संस्थाको प्रमुख पद नरहेको हुनु पर्नेछ। (प्रमुख पद भन्नाले अध्यक्ष, बरिस्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवलाई चिनिनेछ)

7.गैर आवसिय नेपाली संघ राष्ट्रिय समनवय परिषद कोरियाको उमेदवारि मनोनयन पछि, उमेदवारको विरुद्ध गैरकानूनी तथा गैर जिम्वेवारि पूर्ण काम गरेको उजुरि आएमा साथै कानून विपरित कृयाकलाप भएको ठहर भएमा निर्वाचन समिति र केन्द्रीय अनुगमनकर्ताको रोहबरमा निजलाई छानविन गरि प्रमाणीत भएमा उमेदवारि रद्द गर्न सक्ने छ।

१२.  निर्वाचन कार्य तालिका

क्र. शीर्षक मिति
मतदाता नामवली प्रकाशन -प्रथम चरण २०१७/९/५-बेलुका २२.००  बजे सम्म
मतदाता नामवली प्रकाशन -अन्तिम नामवली २०१७/९/६- दिवा १७.००  बजे सम्म
मतदाता नामवली  उपर दाबी बिरोध २०१७/९/७-  साझ  २१.०० सम्म
उमेद्वारी दर्ता २०१७/९/७- बिहान ७.०० बजे देखि बेलुका २१.००  बजे सम्म
उमेद्वार को प्राम्भिक नामावली प्रकाशन २०१७/९/ ७ बेलुका  २२.००  बजे
उमेद्वारी उपर दाबी बिरोध प्रस्तुत  तथा  छानबिन २०१७/९/८  बिहान ७.०० बजे देखि साझ १९.००  बजे सम्म

 

उमेद्वारी  फिर्ता २०१७/९/८ बेलुका २०.०० बजे देखि

२०१७/९/९ दिवा १२.०० बजे सम्म

उमेद्वार को अन्तिम  नामावली प्रकाशन २०१७/९/९ दिवा १३.००  बजे
मतदान २०१७/९/१०बिहान १०.०० बजे देखि १५.००  बजे सम्म
१० निर्वाचन परिणाम घोषणा २०१७/९/१० दिवा १६.०० बजे
११ निर्वाचित कार्यसमितिको सपथ ग्रहण २०१७/९/१० दिवा १६.३० बजे

 

सम्पूर्ण पदका उमेद्वारहरुले  तपशिलमा उल्लेख अनुसारको  कागजातको साथमा तपशिलमा उल्लेख फारम  भरि  [email protected] मा  समयसीमा भित्र पठाउनु पर्नेछ|

तपशिल-१

उम्मेदवारी पठाउने ई मेल : [email protected]

प्रत्यक्ष: के .पी  सिटौला  010-4767-5248  बिमल सुबेदी  010-4808-2135

तपशिल-२

उम्मेदवारी शुल्क पठाउने खाता : 009901-04-071927

Kookmin Bank (국민은행): K.P SITOULA (NRN KOREA)

 

उम्मेदवारी दर्ता फारम                                                             मिति:

 

श्री संयोजक ज्यु

 

निर्वाचन समिति, छैटौ महाधिबेशन

 

गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया

 

बिषय: उमेद्वारी दर्ता सम्बन्धमा!

 

महोदय,

 

मिति सन् २०१७ सेप्तेम्बेर १० का दिनमा गैर आवाशीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको राष्ट्रिय समन्वय परिषद गठनका लागि हुने निर्वाचनमा “छैटौ राष्ट्रिय महाधिबेशन निर्वाचन समिति” द्दरा उमेद्वारी दर्ता सम्बन्धि प्रकाशित भएको वा हुने नियमवालीको अधिनमा रही/रहनेगरि तपशिल बमोजिमको बिवरण सहित उमेद्वारी दर्ताका लागि हार्दिक अनुरोध गर्दछु|

 

१.

. पुरा नाम: नेपाली ………………………………………………………………..
अंग्रेजी ………………………………………………………………..
. मतदाता नामावली क्रम संख्या ………………………………………………………………..
. सम्पर्क फोन नम्बर ………………………………………………………………..
. उमेद्वारी दर्ता गर्न चाहेको पद ………………………………………………………………..
. उमेद्वारको हस्ताक्षर ………………………………………………………………..

 

. प्रस्तावक/

समर्थक

पुरा नाम: . प्रस्तावक/

समर्थक

पुरा नाम:
सम्पर्क फोन सम्पर्क फोन
मतदाता नामावली क्र. मतदाता नामावली क्र.
. प्रस्तावक/

समर्थक

पुरा नाम: . प्रस्तावक/

समर्थक

पुरा नाम:
सम्पर्क फोन सम्पर्क फोन
मतदाता नामावली क्र. मतदाता नामावली क्र.

निर्वाचन समितिको प्रयोजनको लागि

दर्ता मिति :                                           समय:                             दर्ता नम्बर

बुझीलिने प्रतिनिधिको हस्ताक्षर

निर्वाचन समिति संयोजकको हस्ताक्षर

Website: https://kr.nrna.org/

तपशिल

उम्मेदवारी फिर्ता आबेदन फारम                                                      मिति:

 

श्री संयोजक ज्यु

निर्वाचन समिति, छैटौ महाधिबेशन

गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया

 

बिषय: उमेद्वारी फिर्ता सम्बन्धमा!

महोदय,

उपरोक्त सन्दर्भमा …………………………………………………………………. गैर आवाशीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको राष्ट्रिय समन्वय परिषद गठनका लागि हुने निर्वाचनमा आफुले दर्ता गराएको  तपशिलमा देहाय अनुसारको पदको उम्मेदवारी फिर्ता लिन  चाहेको जानकारी साथ अनुरोध गर्दछु|

 

. पुरा नाम: नेपाली ……………………………………………………………………….
अंग्रेजी ……………………………………………………………………….
. मतदाता नामावली क्रम संख्या ……………………………………………………………………….
. सम्पर्क फोन नम्बर ……………………………………………………………………….
. उमेद्वारी दर्ता गरेको पद ……………………………………………………………………….
. उमेद्वारको हस्ताक्षर ……………………………………………………………………….

 

निर्वाचन समितिको प्रयोजनको लागि

दर्ता मिति :                                           समय:                             दर्ता नम्बर

 

बुझीलिने प्रतिनिधिको हस्ताक्षर

 

निर्वाचन समिति संयोजकको हस्ताक्षर

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...