नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १४औ बार्षिक साधारणसभा थेगुमा आयोजना हुदै


 
नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया सोनसिक (SONSIK ) ले आउने अगस्त १९ र २० तारिखमा दक्षिण कोरियाको थेगु सहर स्थित यंगनाम विश्वबिद्यालयमा  सोनसिकको १४ औ बार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ । कोरियाका लागि नेपाली राजदुत महामहिम  अर्जुन जंग बहादुर सिंहको प्रमुख आतिथ्यमा आयोजना हुने उक्त कार्यक्रममा ग्यंगसान सहरका मेयर तथा यंगनाम विश्वबिद्यालयका अध्यक्ष बिशेष अतिथिका रुपमा उपस्थित हुने छन् ।
साधारण सभाको उद्घाटन सत्र शनिबार १-४ बजे सम्म Yeungnam University Gyeongsan को Chunma Arts Center मा आयोजना गरिने छ । उद्घाटन सत्रमा विभिन्न संघसस्थाका प्रतिनिधि पाहुनाहरुलाई पनि आमन्त्रण गरिएको छ । नेपाली सास्कृतिक प्रस्तुति सहित सुरु हुने उद्घाटन समारोहमा SONSIK का कार्यगतिविधिबारे जानकारी प्रदान गरिनुका साथै , SONSIK १३औ कार्यसमितिलाइ सहयोग गर्ने बिद्यार्थी, अग्रज र सहयोगी संघसस्थाहरुलाई सम्मान गरिने छ । साथै कोरियामा २०१७ फेब्रुअरी र अगस्टमा दीक्षित हुनु भएका नेपाली बिद्यार्थीहरुलाई सुभकामना तथा सोनसिक मायाको चिनो प्रदान गरिने छ । 
उक्त साधारणसभाको बन्द सत्र मार्फत १४ औ कार्यसमितिको चयन पनि गरिने छ । त्यसपछि नेपाली हरुको महान चाड तीजको अवसरमा दर खाने र सामुहिक नाचगान गर्दै रमाइलो गराउने तयारी SONSIK ले गरेको छ ।  बार्षिक साधारण सभाको दोस्रो दिन अर्थात् अगस्ट २० आइतबार UNESCO World Heritage Site Gyeongju City को छोटो Tour तथा Pohang Beach मा घुम्ने व्यवस्था पनि मिलाइएको छ । 
अगस्त २०१६ मा निर्वाचित भएको १३ औ कार्यसमितिले नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) SONSIK को जिम्मेवारी लिएको एक वर्षमा विभिन्न शैक्षिक, सामाजिक तथा सास्कृतिक गतिबिधिमार्फत, कोरियामा नेपाली बिद्यार्थीको चुनौतीलाइ कम गर्ने, र अवसरहरुलाई उजागर गर्नेगरि, कोरियाका विभिन्न क्षेत्रका नेपालीबिद्यार्थी, तथा अग्रजहरु बिच, नेटवर्क विस्तार गर्न अधिकतम प्रयास गरेको छ ।
सोनसिकले आयोजना गर्ने कार्यक्रमहरु मध्ये बार्षिक साधारण सभा सबैभन्दा ठुलो कार्यक्रमको रुपमा आयोजना गरिदै आएको छ । उक्त कार्यक्रममा बर्षदिनमा कम्तिमा एकपल्ट सबैले एक अर्कालाई भेटघाट तथा रमाइलो गर्ने, र सोनसिकको बार्षिक गतिबिधि, आर्थिक विवरणबारे जानकारी दिन, तथा आगामी दिनमा सोनसिकलाइ थप उचाइमा पुर्याउन विचार राख्ने, साथै एउटा राम्रो कार्य समिति लाइ सोनसिक को जिम्मेवारी हस्तान्तरण गरिदै आएको छ ।
१४औ बार्षिक साधारणसभामा सम्पूर्ण नेपाली बिद्यार्थी, प्राध्यापक, अनुशंधानकर्ता, समाजसेवी, मजदुर, ब्यापारी तथा संघ संस्थाका प्रतिनिधि लगायत सम्पूर्ण महानुभावलाइ उपस्थिति भई कार्यक्रमलाई भव्य रुपमा सफाल परिदिनको निम्ति सोनसिक हार्दिक अनुरोध गर्दछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...