कोरियामा फरक किसिमको समाज सेवामा जुटेकी लक्ष्मी


 

कोरियाको ब्यस्त समयको बाबजुद पनि समय निकालेर समाजसेवा गर्नु भनेको त्यति सजिलो छैन । मुखले गफ गरेर मात्र हुदैन फिल्डमै गएर काम गर्नु फलामको चिउरा चपाए सरि नै हो । समाज सेवा गर्नु पनि स्वार्थकै लागि हो, नाम कै लागि, सस्तो प्रचारको लागि हो भनेर आलोचना गर्नेको पनि कमि छैन । सहयोग गरेर पनि हुदैन नगरेर पनि हुदैन । जस भन्ने पटकै पाईदैन तर पनि समाजमा एकले अर्को व्यक्तिलाई मद्दत गरिनै राखेका हुन्छन । यस्तै फरक किसिमका कामहरु गरेर छुट्टै पहिचान बनाएका समाज सेबी हुन् एन आर एन कोरियाका उपाध्यक्ष लक्ष्मी लामा गुरुङ । जसले जे सुकै भनुन् उनी आफ्नो नामको लागि भन्दा पनि आत्मसन्तुष्ठिको लागि सामाजिक कार्यमा लागिराखेकी छिन् । कोरियामा एन आर एन कोरिया मार्फत पनि सक्रिय भूमिका निर्वाह गरेका लक्ष्मीलाई निडर ,प्रस्ट र सत्य तथ्य कुरा बोल्ने, झक्की स्वभाबको रुपमा पनि चिनिन्छ ।

को हुन् लक्ष्मी लामा गुरुङ ?

नेपाल को दुर्गम हिमाली जिल्ला मनांग जिल्ला चामे गाउँपालिका वार्ड न ६(साबिकको वाड )मा ४२  बर्ष अघि जन्मेका लक्ष्मी लामा २२ बर्ष अघि १९९५ मा  रोजगारको लागि कोरिया छिरेकी हुन् । लुम्बिनी ओभरसीज मार्फत ट्रेनिंग भिजामा काम गर्न आएकी लक्ष्मी १९९७ मा नेपाल फर्किन् । |१९९८ मा मल्टिपल भिजा लिएर जापान गइन् । १९९८ देखि २००२ सम्म जापान र कोरिया आउने जाने गरिन् । कोरियामा नेपाली सम्पर्क समिति कोरिया स्थापना भै सकेको थियो। यसको कार्य समिति सदस्य भइन् । २००३ देखि  बिसिनेस भिजामा  कोरियामा बस्दै आएकी लक्ष्मीले  कोरियन नागरिकता पाइसकेकी छिन् । हाल सौलको तुन्देमुन शहरमा पूजा रेस्टुरेन्ट संचालन गरेर सफल ब्यवसाहीका रुपमा पनि परिचित उनी वर्तमान कार्यसमिति गैह्र आवाशिय नेपाली संघ कोरियाका उपाध्यक्ष, वुमन फर वुमन कोरियाका संरक्षक ,मनांग परिवारका सल्लाहकार लगायत अन्य संघ संस्थाको सल्लाहकारका रुपमा पनि कार्यरत छिन् ।

लक्ष्मीले कसरी प्रवेश गरिन् त कोरिया ?

दुर्गम जिल्ला मनांगको चामे  गाउँमै एस् एल सी पास गरे पछी उच्च शिक्षा पढ्नको लागि काठमाण्डौ आइन् । काठमाण्डौको  नेपाल ल क्याम्पसमा आइएलमा अध्ययन गर्दागर्दै एक जना साथीले उनको भाईको लागि कोरिया जानुको लागि लुम्बिनी ओभरसिजमा कुरा गर्न  साथी लगेर गयो ।  म्यान पावरमा कुरा गर्दा अहिले केटाको लागि सिट छैन बरु केटिको लागि छ तपाईहरु जाने भए जानुस भन्ने सल्लाह दियो। कोरियामा गएर अलिकति दुख गरेमा महिनाको ५०/६० हजार रुपया कमाउन सकिन्छ भन्ने सुनेपछि लक्ष्मीलाई कोरिया आउने रहर जाग्यो । त्यसपछिघरमा सल्लाह गरेर १९९५ मा लुम्बिनी ओभरसिज मार्फत कोरिया प्रवेश गरिन् ।

लक्ष्मी आउदा कोरिया कस्तो थियो?

सन् १९९५ मा  आउदा कोरिया अहिले जस्तो त्यति विकास भएको थिएन । अहिलेको ई पी एस्  जस्तो भाषा पढेर पास गरेर आउने चलन पनि थिएन। सुरुमा भाषाले गर्दा निकै समस्या पर्यो । त्यसैमा नयाँ ठाउँमा भिज्न कम्ति गाह्रो भएन। खाना नमिल्ने, चालचलन नमिल्ने, संस्कृति नमिल्ने कति हो कति दुख त भोग्नसम्म भोगिन् । काम गर्दै जाँदा बिस्तारै भाषा  सिक्दै गइन्।  फोनको पनि राम्रो विकास भाको थिएन। नेपाल फोन गर्दा बुटबाट फोन गर्नु पर्थ्यो । कम्पनिमा काम गरेर महिनाको तलब २८०००० वोन थियो, ओभर टाइमले गर्दा ४ लाख वोन सम्म हुन्थ्यो ।  बाटो घाटो बजार पनि अहिले जस्तो थिएन अहिले त कोरिया हेर्दा हेर्दै कहाँ पुग्यो पुग्यो ।

समाज सेवामा कसरि लागिन् ?

लक्ष्मीका  बुबा र आमा दुवै समाज सेबी र राजनीतिक कर्मी  हुन् । बुबा कर्मा लामाले १५ बर्ष (प्रधान पन्च ५ बर्ष  र गाउ बिकाश समितिका अध्यक्ष १० बर्ष) भएर समाज सेवा र राजनीति गर्नु भयो भने आमा चिउदे लामा तत्कालिन गण्डकी अंचल महिला संघको सभापति र पहिलो संबिधान सभामा समानुपातिकबाट सभासद पनि हुनु भाको थियो ।अझै पनि राजनीति र समाज सेवा गर्नु हुन्छ । त्यहि वातावरणमा हुर्केकी लक्ष्मी (१९९८-२००२) जापान र कोरिया बसाई गर्दा नै नेपाली सम्पर्क समिति कोरियाको कार्य समितिको सदस्य भइन् । त्यति बेला नेपाली सम्पर्क समिति कोरियाले अभिभावकको भूमिका निभाउन सकेको थियो । कोरियामा नेपाली दुताबास थिएन । पासपोर्ट नबिकरण गर्न, ट्राभल डकुमेन्ट बनाउन अर्थात अरु कुनै अफिसियल  काम गर्न जापान पठाउन पर्थ्यो । कसैको मृत्यु भयो  भने जापानमा रहेको नेपाली दुताबासलाई जानकारी गराउनु पर्दथ्यो । यी सबै काम नेपाली सम्पर्क समितिले गर्थ्यो र यसको महत्व धेरै ठुलो थियो। नेपालीले धेरै दुख पाए कोरियामा नै नेपाली दुताबास स्थापना गर्नु पर्छ भनेर आवाज उठाईन् र २००७ मा स्थापना पनि भयो ।

१९९७ साल मै होला काठमाडौँको एक जना दाइलाई कोरियामा ब्रेन ट्युमर भाको थियो। उनको अपरेशन गर्नको लागि २ करोड वोन धरौटी अस्पतालमा राख्नु पर्थ्यो  । तुरुन्तै कोरियामा भएका नेपाली दाजुभाई दिदि बहिनिहरुसंग संकलन गरेर २ करोड वोन अस्पतालमा डिपोजिट गराइन् तर बिरामी बाँच्न सकेन । कोहि दुखी बिरामी या समस्यामा परेको देख्नसाथ सहयोग गर्न मन लागिहाल्ने लक्ष्मीको समाजसेवामा लाग्ने प्रेरणा नै प्रवासमा कोही विरामी, दुखी समस्यामा परेकाहरुबाट मिलेको हो ।

२००८ देखि ई पी स् मार्फत नेपाली कामदारहरु रोजगारका लागि कोरिया आए।केबिज मार्फत नया कामदारलाई ३ दिन सम्म ट्रेनिंग दिइने गरिन्छ । केबिज मै  २००८ तिर नेपाली कामदारको लागि केहि समय नेपाली कोरियन भाषा ट्रान्सलेट गर्ने जागिर  गरिन् । त्यस पछी केहि बर्ष सम्म कोरियन इमिग्रेशनमा दोभाषेका  रुपमा  काम गरिन् । इमिग्रेशनमा जागिरे हुदा अफिसले नै थप कोरियन भाषा सिकायो र कोरियन कानुन, सेवा सुबिधा, हक अधिकार सम्बन्धि थप बुझ्ने अवसर पनि मिल्यो । यहि सिकेका भाषा ज्ञानलाई नेपाली समुदाय बीच बाड्ने गरेकी छन् ।

लक्ष्मीले फरक किसिमका समाज सेवा के गरिन् त?

स्याङ्गजाको एक जना भाई, तातो भट्टीमा  काम गर्दा गर्दै ढलेछन् । भर्खर आएको भाषा राम्रो नबुझ्ने । कम्पनिले उपचार गर्यो तर उपचार पुरा नहुदै बीचमा कम्पनि छोड्ने लेटर दियो । क्यान्सर नै भएछ अपरेशन नै गर्नु परेछ। अपरेसन पश्चात पनि पटक पटक थेरापी गर्नु पर्दो रहेछ । काम छोडेको ,बिरामी भएको ,उपचार गर्दै गरेको पैसा हुने कुरा भएन र कम्पनि पनि छोडेको बेला इन्सुरेन्स पनि हुदैन । त्यो भाईलाई सकेको सहयोग गरिन् । उनको पटकपटक थेरापी हुँदा लक्ष्मी नै जमानी बसिदिइन् ।बिल ५४ लाख वोन आयो इन्सुरेन्स थिएन । इन्सुरेन्स अफिसमा  कुरा गरे पछी इन्सुरेन्स गरिदियो र त्यो ५४ लाख वोनको बिललाई ५ लाख वोन तिर्यो ।

केहि महिना अगाडी बाग्लुंगका एक जना  खड्का भाई नेपाल हिडेको मान्छे । तुन्देमुनमा बिरामी परे। उनको उपचार पनि नेसनल अस्पतालमा नै गरियो । कम्पनि छोडेको दिन देखि नै इन्सुरेन्स हुदैन । उनको उपचारमा पनि एक हप्तामा ३०/३५ लाख वोन आयो। उनको इन्सुरेन्स पनि लक्ष्मीले गरिदिए र त्यो ३५ लाख वोनको  बिल ५ लाख मात्र तिर्न पर्यो । म्याग्दीका एक जना बहिनि उनलाई घाटिमा थाईराइड भएछ । भिजा थिएन । सौलको दुन्देमुनमा भएको नेसनल अस्पतालमा भर्ना गरियो बिल ६२/६३ लाख वोन आयो तर लक्ष्मीले अस्पताल संग डिस्काउन्टको कुरा गरेर १२/१३ लाख वोनको बिल तिरेर पुग्यो ।

झन्डै एक बर्ष देखि चितवनका सुकमान लुङ्बा  अस्पताल मै उपचार गर्दै बसेका छन्। सुरुमा उनि बाटोमा लडेको बेहोसी  अवस्थामा कोरियन प्रहरीले भेटेछ र  यन्से अस्पतालमा भर्ना गरेछन। उनको सरिर भरि टिबि फैलिएको र लामो समय सम्म बेहोसमा नै रहेका लुङ्बाको अहिले होस् आएको छ ।यति लामो समय सम्म उपचार  गर्दा अस्पतालमा २२/२३ करोड वोन को बिल आयो। यस्त्रो रकम कसैले पनि तिर्न सक्ने अवस्था भएन। नेपाली दुताबास,चितवन सम्पर्क समिति,नेपाल तामांग संग कोरिया ,पुन समाज र अन्य समाजसेबीको पहलमा यनसे अस्पतालमा छुटमै उपचार गरिदिनु अनुरोध गरे पछी पनि सुकमान लुङ्बाले ८४ लाख वोन तिर्नै  पर्यो। अर्ध चेतमा भएको मान्छे सम्म पैसा हुने त कुरै भएन । बिशेस गरि चितवन सम्पर्क समितिको पहलमा तामांग संघ ,पुन समाज लगायतको बिसेष सहयोगमा ६५ लाख वोन तिरेर यांसे अस्पताल बाट डिस्चार्ज गरियो। अझै २०/२२ लाख वोन तिर्न नै बाकी छ ।त्यस पछी नेसनल अस्पताल तुन्देमुनमै निशुल्कमा उपचार भइराखेको छ । यति बेला मोक्पो को टि.बि अस्पतालमा सारिएकोछ ।  नब नियुक्त महामहिम राजदुतज्युले  हालै भेटेर पनि आउनु भएकोछ । लुङ्बालाई नेपाल पठाउन पनि २ करोड वोन अर्थात् २० लाख भन्दा बढी रुपया लाग्छ भन्दैछ अस्पतालले । यति धेरै रकम उठाएर पठाउने पहल पनि गर्न सकिएको छैन।

अर्को केश हो, कोरियामा सडक दुर्घटनामा मृत्यु भएका समाजसेबी ईश्वर गुरुङको सनाखतमा जुन किसिमको ढिलाई भयो त्यसमा लक्ष्मी गुरुङले हात हालिन। ईश्वर गुरुङको वास्तविक नाम र पासपोर्टको नाम फरक पर्दा समयमै सनाखत हुन सकेन। पासपोर्टमा भएको नाम र ईश्वर गुरुङ गरेको व्यक्ति एउतै हो भन्ने कागजात बनाउन लक्ष्मी गुरुङले नेपालको स्थानीय, जिल्ला देखि पररास्ट्र मन्त्रालय कार्यालय सम्म बिसेष भूमिका खेलिन र बनाईन पनि । ईश्वर गुरुङकै नाममा सनाखत भयो । ईश्वर गुरुङ इलिगल भएका कारण जिबन बिमा पाउदैन भन्ने हल्ला पनि थियो। वकिल लगाइएको थियो र ईश्वर गुरुङको श्रीमतिले इन्सुरेन्स बापतको ठुलो रकम प्राप्त गर्न सफल भएन् । स्व गुरुङकि पत्नीले लाश नेपाल लैजान र इन्सुरेन्सको रकम लिन २ पटक कोरिया आइन् ।

यी त प्रतिनिधि घटना र सहयोगको उदाहरण हो ।केहि बिरामीहरुलाई कोरियन बब्ह्वे  सिनमुन (बुद्धिस्ट पत्रिका) मार्फत सहयोगको लागि आह्वान गरेर छोगेशा  गुम्बामा उक्त बिरामीको लागि संकलन भएको डोनेसन रकम  मार्फत ३०/३० लाख वोनको दरले सहयोग लिएर प्रदान पनि गरेका छन् वुमन फर वुमन कोरियाको नाम बाट पनि । आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुका साथै हरेक व्यक्ति संघ संस्थाले संचालन गरेको सहयोग अभियानमा पनि आर्थिक भौतिक नैतिक सहयोग गरेकी लक्ष्मीले वुमन फर वुमनको सेल्टर व्यवस्थापनमा पनि  बिसेष भूमिका खेलेकी छन् ।

केहि कोरियन संस्थामा पनि आबद्द लक्ष्मी हरेक बर्ष नेपालमा एक भोलुनटिअर टिम जाने गर्दछ। त्यस टिममा उनि पनि दोभाषेको रुपमा जाने गर्छिन् । नमस्ते कोरिया एन जी यो मार्फत ३  बर्ष अघि कास्कीको धम्पुसमा स्वास्थ्य सम्बन्धि शिबिर, कोरियन कल्चरको आदान प्रदान क्लास र अर्को बर्ष स्वास्थ्य शिबिर र बिधालयको लागि केहि सहयोग  लगेर गएका थिए। गत बर्ष कास्कीको निर्मल पोखरीमा new way कोरिया  भन्ने एन जी ओ मार्फत कास्की जिल्लाको निर्मल पोखरीमा स्वास्थ्य सम्बन्धि शिबिर, स्थानीय स्कुललाई कम्प्युटर लगायत केहि सहयोग प्रदान गरेर आएका थिए। यी ३ बर्षकै कार्यक्रममा आफु पनि अरु कोरियन सरह आउने जाने भाडा १५ लाख वोन व्यक्तिगत खर्च गरेर गएकी थिइन् ।

मनांग परिवार दक्षिण कोरिया र लक्ष्मी लामाको पहलमा गोर्खा लाप्राकमा भूकम्प पिडीत स्कुलमा ५,७७,७७७ को अक्षय कोष स्थापना गरेका छन् । बार्पाकमा ३ जना बच्चा २ जनालाई मनांग परिवार कोरिया र १ जना लक्ष्मीले स्थानीय बोर्डिंग स्कुलमा पढाउदै आएका छन् ।

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...