उर्जा मन्त्री जनार्दन शर्मा यहि मार्च १९ मा कोरिया आउने


सोल

उर्जा मन्त्री जनार्दन शर्मा यहि मार्च महिनाको १९ तारिख दक्षिण कोरिया आउने भएका छन् । नेपालको उर्जा क्षेत्रमा कोरियामा रहेका नेपालीहरुको लगानी भित्राउने बारे अन्तरक्रिया गर्न मन्त्री शर्मा कोरिया आउन लागेको कार्यवाहक राजदुत किरण शाक्यले जानकारी दिनुभयो ।

गैर आवासिय नेपाली संघ (एन.आर.एन.ए) कोरिया र राजदूतावासको संयुक्त आयोजनामा मार्च १९ तारिख गरिने अन्तरक्रिया कार्यक्रको लागि मन्त्री शर्मा कोरिया आउने भएका हुन् । मन्त्री संगै नेपाल विद्युत प्राधिकरणका प्राबिधिक इन्जीनियर कृष्ण प्रशाद शर्मा पनि आउने तयारी भइरहेको एनआरएनए कोरियाका कार्यबाहक अध्यक्ष ओम जुग्जाली मगरले जानकारी दिनुभयो ।

उर्जा मन्त्रालयको अभियान ” नेपालको पानी जनताको लगानी ” शिर्षकमा आधारित रहेर सरकारले कोरियाका लागि छुट्टै परियोजना तयार गर्न सकिन्छ की , र त्यसको लागि कोरियामा रहेका नेपालीहरुलाई आवश्यक लगानी बारे छलफल गरिने कार्यबाहक अध्यक्ष जुग्जालीले बताए । साथै अन्तरकृयामा कोरियाबाट भित्रिने रेमिटेन्सलाई विकासमा लगानी गर्ने र सरकारबाट सुरक्षित र सुनिश्चित लगानीको प्रतिबद्धता लगायत विभिन्न विषयमा छलफल गरिने छ ।अन्तरक्रिया कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण महानुभाबहरुलाई उपस्थितिको लागि एन आर एन ए कोरियाले हार्दिक अनुरोध गरेको छ |
#मिति: (२०१७ मार्च १९ तारिख)
#समय:मध्यान्ह १२ बजे
#स्थान: दोंदेमुन डुट्टा बिल्डिगंको पछाडि 중구 구민 회관
(एन आर एन ए कोरियाको चुनाव भएको, कब्ड्डि कबड्डि र ड्रिम प्रदर्शन भएको हल)
सम्पर्क को लागि कार्यबाहक अध्यक्ष ओम जुग्जाली मगर ०१०३९९४६६१८ ,महासचिब दिपक पुन ०१०४२६६२२८१

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...