किम्फोमा ग्लोबल आइएमइ बैंकको खाता खोलिने


ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरियाले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि आगामी शनिबार र आइतबार किम्फो शहरको थेगोटमा पनि आफ्नो सेवालाई थप बिस्तार गर्ने भएका छन् । ग्लोबल बैंकले आफ्नो सेवालाई

कोरियाको विभिन्न स्थानहरुमा गर्दै आउने क्रममा यस पटक किम्फो क्षेत्रमा रहेका नेपालीहरुको सुविधाको लागि शनिबार र आइतबार दिनको १२ बजेदेखि बेलुकी ६ बजेसम्म थेगोटमा रहेको दर्शन रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने भएको हो ।

ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि मे २७ र २८ तारिख किम्फो क्षेत्र आसपासमा रहेका नेपालीहरुलाई सेवा लिनको लागि ग्लोबल आई एम ई बैंक कोरियाका प्रतिनिधि नबिन सुबेदीले अनुरोध गरेका छन् ।

ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरिया (आई.बि.के) बीच रेमिटेन्स कारोवारका लागि सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले रेमिट्यान्स पठाउन सेवा पाउदै आएका छन् । साथै अनलाईन बैंकिङबाट नेपालको एनटिसी, एनसेल, डिस होम र इ-सेवा जस्तामा पनि सजिलै पैसा ट्रान्सफर गर्न सकिने बैंकले जनाएको छ ।

सेवाहरु
• ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरिया (आई बिके) को खाता खोल्न सकिने ।
• आई.बि.के. बैंकमा खाता भएकालाई स्मार्ट बैंकिंग मार्फत नेपाल पैसा पठाउन सकिने ।
• अनलाइन बैंकिंग मार्फत नेपालमा रहेका आफन्तको ग्लोबल आई.एम.ई. बैंकको खातामा रकम ट्रान्सफर गर्न सकिने ।
• भिजा सकिएर बसेका नेपालीहरुलाई पनि खाता खोलि रकम पठाउने व्यवस्था भएको ।
• ग्लोबल आई एम ई बैंकको खाता नम्बर तुरुन्तै पाइने ।

खाता खोल्नको लागि आवश्यक कागजातहरु

पासपोर्ट , एलाइन कार्ड र फोटो २ वटा

खाता खोलिने मिति – २०१७ मे २७ र २८ तारिख

समय – मध्यान्ह १२ बजेदेखि बेलुकी ६ बजेसम्म

स्थान – दर्शन रेष्टुरेन्ट, किम्फो थेगोट

सम्पर्क – नबिन सुबेदी ०१०३२९२९०२०

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...