सगुनमा लगानी गर्न पुनः तीन दिन म्याद थप


ईच्छा हुँदाहुँदै पनि समय र अन्य कारणले सगुन(sagoon.com/invest)मा लगानी गर्न छुट्नु हुनेहरुका लागि ३ दिन म्याद थप गरिएको छ।
सगूनको स्वामित्व शेयर विक्री कार्यक्रमको यो राउण्ड अमेरिकाको वासिङ्टन डीसीको समय अनुसार २७ मार्च, २०१७ को राती १२ बजे देखि बन्द गरिने सूचना गरिएको थियो । तर सगूनको विषयमा चासो राख्ने, शुभचिन्तक र सहयोगीहरूले विश्व भरिबाट लगानी गर्ने समय अपुग भएको र यो समयलाई बढाउनु पर्ने माग आइरहेकोले समय बढाइएको हो । विभिन्न देशमा रहेर सगूनको अवसरको बारेमा जानकारी गराइरहनु भएका सगूनका प्रतिनिधिहरुलाई पनि सगूनका शुभचिन्तक र लगानी गर्न इच्छुक समुदायबाट मिनी आइपीओको यो राउण्डको समय थप गर्न सुझाव र अनुरोध आइरहेको छ ।
विश्वभरबाट आइरहेको यो चासो, अनुरोध र आह्वानलाई सम्मान गर्दै सगूनका सहकर्मी संस्थाहरुसहितको निर्णयबाट सगूनले हाल चालु रहेको मिनी आइपीओ मार्फत सर्वसाधारणहरुको लागि खुल्ला गरिएको शेयर विक्री कार्यक्रमलाई अमेरिकाको वासिङ्टन डीसीको समय अनुसार यहि ३० मार्च, २०१७ को राती १२ बजेसम्मको लागि थप गरिएको छ ।
अमेरिकाको वासिङ्टन डीसीको समय अनुसार ३० मार्च, २०१७ को राती १२ बजेसम्म लगानीको लागि फाराम भरिसकेका व्यक्तिहरुले सो समयको ७२ घण्टा भित्रसम्म रकम पठाउन सक्नुहुनेछ ।
सगूनको फेसबुक पेज मार्फत लाइभ गरि सर्वसाधारणहरुलाई यो जानकारी गराइएको थियो जसको लिंक https://www.facebook.com/sagoon.incorp/videos/757267827764261/ रहेको छ । यसलाई तपाइले आफ्नो नेटवर्क भित्र वा सामाजिक सञ्जाल मार्फत अन्य व्यक्तिहरुलाई समेत उपलब्ध गराउन सक्नुहुनेछ ।
लगानी गर्न र थप जानकारीको लागि www.sagoon.com/invest
अथवा केहि प्रश्न वा जिज्ञासा भएमा [email protected] मा इमेल गर्नुहोस् ।
सगून सम्वन्धी जानकारीमूलक लेखः http://www.dcnepal.com/-2809
कोरिया संपर्क(एसिया सम्योजक:के पि सिटौला ईमेल [email protected] मोबाइल:010-4767-5248

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...