प्रबाशी महिलाहरुको सेवामा प्रतिबद्द हुनेछु – पद्मा श्रेष्ठ


सौल – कोरियाको व्यस्ततासँगै अलिकति समय निकालेर अनेकौं दुःख कष्ट र समस्यामा परेका प्रवासी नेपालीहरुको सेवामा लाग्ने सहयोगी मन र समाजसेवी भावनाका धनी नेपालीहरु मध्येका एक हुन् पदमा श्रेष्ठ । प्रवासी भूमिमा आपतविपतमा परेकालाई सहयोग गर्नु भन्दा पुण्य काम अरु के नै हुन सक्छ र । यिनै सोच लिएर विगत लामो समयदेखि तन मन र निश्वार्थ भावनाले सामाजिक कार्यमा लाग्दै आएकी नेपाली चेली पदमा हालै महिलाहरुको संस्था महिलाका लागि महिला (वुमन फर वुमन) दक्षिण कोरियाको चौथों कार्य समितिको अध्यक्ष पदमा चयन भएकी छिन् ।

चितवन जिल्ला नारायणघाटकी पद्मा श्रेष्ठ सन् २००४ मा मुनड्रप्स मार्फत रोजगारीका लागि कोरिया प्रवेश गरिन् । कोरिया प्रवेश गरे देखि नै चितवन सम्पर्क समिति दक्षिण कोरियासँग आबद्द भई समितिको सदस्य, कोषाध्यक्ष र हाल सल्लाकार हुदै सामाजिक क्षेत्रमा सक्रिय हुँदै आइन् । नेपाली संस्थाहरुको सबै भन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति कोरियाको दुई कार्यकाल बम लावती र डेबिट राईको पालामा कार्य समिति सदस्य भएर जिम्मेवारी निभाएकी पद्मा नेवा पुचः दक्षिण कोरियाको सल्लाहकार पनि हुन् ।
नेपालमा हुँदा पनि ग्रामिण महिला विकास संस्थाको सचिब तथा ज्योति महिला सहकारी संस्थाको शेयर सदस्य बनेर संस्थागत अनुभब बटुलिसकेकी उनले सन् २०१० मा महिलाहरुलाई मात्र लक्षित गर्ने गरि वुमन फर वुमन कोरियाको स्थापना भए पछि पहिलो कार्य समितिको सल्लाहकारका रुपमा रहेकी थिइन् । त्यसपछि दोश्रो कार्य समितिमा सदस्य र तेश्रो कार्य समितिमा कोषाध्यक्ष रहेकी पदमा अहिले चौथों कार्य समितिमा सर्बसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएकी छिन् । वुमन फर वुमनकी वर्तमान अध्यक्ष पदमा श्रेष्ठसँग फोनिज कोरिया डट नेटका लागि यम श्रीस मगरले गरेको छोटो कुराकानीको अंश |

समाजसेवामा लाग्ने प्रेरणा कसरी मिल्यो ?
मेरो पहिलो प्रेरणाको श्रोत नै घर परिवार हो । हाम्रो घर शिक्षित परिवार थियो । मेरो बाबाले मेडिकल लाइनमा काम गर्नु हुन्छ । फार्मेसी पनि चलाउनु हुन्छ । एकजना दिदी चलचित्र क्षेत्रमा काम गर्नुहुन्छ भने दुई जना दाजु नेपाल आर्मीमा हुनु हुन्छ । दुई जना दिदि र बहिनि शिक्षण पेशामा काम गरिराखेका छन् । समाज सेवा र राजनीति पनि बुझेको परिवारमा हुर्केको भएर पनि होला सानैदेखि सामाजिक कार्यमा रुचि थियो । पछि कोरिया प्रवेश गरेदेखि नै सामाजिक संस्थामा आबद्द हुने अवसर मिल्यो र निरन्तर लागे र यो ठाउँमा आइपुगें ।

कोरिया कहिले र कसरी आउनुभयोे ?
म सन् २००४ मा मुनड्रप्स मार्फत रोजगारको लागि कोरिया आएँ, सुरुमा भाषा. यहाँको संस्कार, खानापिना, हावापानीले समस्या पार्यो, बिस्तारै सबै कुरासंग जुध्दै जादा अहिले यो अवस्थासम्म आएको छु । व्यक्तिगत रुपमा एक जना महिला विदेश आएर पनि केहि गर्न सक्दो रहेछ भन्ने देखाउन सकेकी छु । कोरियाकै कमाइले तीन जना छोराहरुलाई पढाएँं । ठुलो छोरा बुहारी अहिले अस्ट्रेलिया छन् । माहिला छोरा जापानमा छ भने कान्छा छोराले नेपाल मै कन्सल्टेन्सी अफिस खोलेर काम गरिरहेको छ । श्रीमान पनि प्रोजेक्टमा काम गर्नुहुन्छ ।
वुमन फर वुमनको स्थापनाकालदेखि नै आवद्ध रहेर चौथो कार्यकालमा अध्यक्ष जस्तो गरिमामय र जिम्मेवारी पदमा पुग्नु भएको छ कस्तो लागिरहेको छ ?
(हाँस्दै) अवस्य खुशि लागेको छ अनि त्यत्तिकै जिम्मेवारी पनि थपिएकोले चुनौतीपूर्ण पनि भएको छ । यो वुमन फर वुमन संस्था २०१० मा स्थापित भएको एक सामाजिक संस्था हो । पहिलो कार्यकाल कोपिला राई अध्यक्ष भएको बेलामा म सल्लाकार थिए तर कामको शिलशिलामा सौल भन्दा बाहिर टाढा काम गर्थे । त्यसैले त्यति समय दिनु सकिन । पछि दोश्रो कार्यकाल जुनु गुरुङको अध्यक्षतामा गठित कार्य समिति सदस्यमा थिएँ भने तेस्रो कार्यकाल मल्लिका थकालीको अध्यक्षतामा गठित समितिको कोषाध्यक्ष भएर काम गरें । म कोषाध्यक्ष हुँदा अध्यक्ष मल्लिका थकाली संगै निरन्तर सक्रिय पनि भएर संस्थालाई सबै संस्था र व्यक्ति संग हातेमालो गर्दै अगाडी बढ्न सफल भइयो ।
धेरै नेपाली चेलीहरुलाई महिला सेल्टर संचालन गरेर सेवा प्रदान गरिराखेका छौं । महिनाको अन्तिम हप्ता निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएका छौं । अन्य नेपाली दाजुभाई दिदि बहिनिहरुलाई पनि संस्थाको तर्फबाट र मेरो व्यक्तिगत रुपमा पनि सक्दो सहयोग गर्दै आएको छु ।

अब वुमन फर वुमनलाई कसरी अगाडी लैजानु हुन्छ ?
कोरियामा रहेका सबै नेपाली दिदि बहिनिहरुलाई गोलबन्द गर्दै बिशेष गरि महिला दिदी बहिनीहरुको सेवामा अगाडी बढ्छौ । ई पी एस् मार्फत होस् या बैबाहिक भिसामा होस् या अन्य तरिकाबाट कोरिया आएका दिदी बहिनीहरु जो समस्यामा परेका हुन्छन उनिहरुलाई कानुनी उपचार गर्नमा सहयोग गर्ने, काम छोडेर बसेको बेला अस्थाई सेल्टरको रुपमा महिला सेल्टरमा बास दिने, सम्भब भएसम्म काम खोजिदिने, बिरामी पर्दा आर्थिक अवस्था कम्जोर भएमा सहयोग अभियान संचालन गरेर भए पनि आर्थिक सहयोग गर्ने बिसेष गरि परोपकारी कै कामलाई जोड दिने नै हो । अर्को कुरा सम्भब भएसम्म वुमन फर वुमनलाई कोरिया सरकारमा दर्ता गर्ने योजना बनाएका छौं । सम्भब हुन्छ कि नाई भबिष्यले नै बताउला । त्यस्तै यस संस्थाको शाखा नेपालमा पनि खोलेर सेवा गर्ने सोच पुरानो कार्य समितिको पनि हो यस कुरालाई पनि निचोडमा पुराउने छौं ।

वुमन फर वुमनको सेल्टरमा एक जना महिलाले बास बस्नु पर्यो भने के गर्नु पर्छ?
यो सेल्टरमा महिला मात्र बस्न पाउछन् । कोरियामा कार्यरत महिला जसलाई पनि बास बस्न मिल्छ । बिसेष गरि काम छोडेर होस् अथवा बिरामी भएर होस् त्यस्ता महिला दिदी बहिनिहरुले यो सेल्टरलाई उपयोग गरेका छन् र अहिलेसम्म करिब १००० जनाले सेवा लिईसकेका छन् । सुरुमा सेल्टरमा बस्नको लागि २०,००० वोन शुल्क लिने गरिएको छ । सेल्टरमा चामल, ग्यास, बिजुली पानी ,नेट सबै निःशुल्क व्यवस्था गरेका छौ । दोश्रो पटक पनि पुनः प्रयोग गर्नु परे १०,००० वोन लिने गरेका छौं । सौलको दोंगदेमुनमा रहेको वुमन फर वुमनको पदाधिकारीहरुलाई सम्पर्क गरेर सिधै आउन सकिन्छ ।

यो सेल्टर कसरि संचालन गर्नु भएको छ ?
यो सेल्टर मुख्य रुपमा नेपाली संघ संस्था दाजु भाई दिदी बहिनीहरुको चन्दा सहयोगबाट नै चलाएका छौं । केहि बर्षदेखि सिन्गिल चर्चले आधा घरभाडा तिरेर निरन्तर सहयोग गरेको छ । साथै घरको डिपोजिट पनि केहि रकम चर्चले राखिदिएको छ अहिले मासिक भाडा मात्र ६ लाख कोरियन वोन छ। पानी बिजुली ग्यासले गर्दा महँगो नै छ तै पनि बिबिध कार्यक्रम र चन्दा सहयोगले नै यो सेल्टरले निरन्तरता पाएको छ । अन्य कोरियन संस्थाले पनि सहयोग गरेकाछन् ।

यो सेल्टरलाई उपयोग गर्ने दिदीबहिनीहरुको तर्फबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
विदेशमा भए पछी जो कोहि पनि एक्लै हुन्छ, कसैले पनि परिवार लिएर आएको हुदैन । त्यसैमा महिला भए पछी झन् शारीरिक रुपमा मनोबैज्ञानिक रुपमा आफुलाई कम्जोर महसुस गरिन्छ । एक जना महिलाले काम छोडेर गए पछी कहाँ गएर बस्ने? अथवा बिरामी हुदाँ कहाँ गएर बस्ने ? यो मुख्य समस्याको रुपमा देखियो, त्यसैमा महिलाहरु शारीरिक र नैतिक रुपमा पनि बच्नु पर्छ यी यस्ता समस्यालाई केहि सहयोग गर्न यो संस्था र सेल्टर स्थापना गरियो । जसले यो सेल्टर उपयोग गरेका छन् उनीहरुले शारीरिक रुपमा, मनोबैज्ञानिक रुपमा वा नैतिक रुपमा आफुलाई सुरक्षित महशुस गरेका छन् र कसैले भन्छन यो मेरो घर हो, कसैले भन्छन यो मेरो माइतीघर हो ।

कहिले काही वुमन फर वुमनको संस्थापकको बारेमा विवाद भएको सुनिन्छ नि ?
हो, केहि विवाद त जहाँ पनि अबस्य हुन्छ । यो संस्था २०१० मा स्थापना भएको हो । पहिलो भेलामा वा कार्य समिति र सल्लाहकार समितिमा बस्ने सहयोग गर्ने सबै संस्थापक हुन् । यो संस्थाको संस्थापक संयोजक मन्जु थापा मगर हुन् भने, संस्थापक अध्यक्ष कोपिला राई हुन् । सल्लाहकार जति सबै संस्थापक सल्लाहकार हुन् । अनाबश्यक रुपमा कसैले पनि विवाद गर्नु उचित हुदैन ।

कोरियामा कार्यरत महिलाहरुको समस्या के पाउनु भएको छ ?
कोरियामा ईपीएस र बैबाहिक भिजामा आएका महिलाहरुमा धेरै समस्या देखिएको छ । बैबाहिक भिजाका कतिपय महिला दिदी बहिनीहरु पेपर म्यारिज गरेर आएका छन् । दलाललाई मोटो रकम तिरेर कोरिया आएका दिदीबहिनीहरुमा बढी समस्या देखिने गरेको छ । त्यसैले अहिले नेपाल सरकारले कोरियनसँग बिबाह गर्नमा प्रतिबन्ध लगाएको छ ।
त्यसैगरी ईपीएसबाट आउने दिदीबहिनीहरु धेरै जसो कृषि पेशामा काम गर्नुहुन्छ । त्यहाँको समस्या भनेको १२ घण्टा काम गर्नु पर्ने, महिनामा बिदा कसैको नहुने, कसैको २ दिन बिदा कसैको ४ दिन बिदा हुने गर्छ भने तलब पनि इपिएसको नियम अनुसार नभई साहुको मर्जी अनुसार हुने गर्दछ्र । खाना, बस्ने सुबिधा राम्रो नहुने, आफ्नो इच्छा अनुसार कम्पनि परिबर्तन गर्न नपाइने, कतिपय दिदीबहिनीहरुले हिंसा सहनु परेको छ भने भाषाको समस्याका कारण गालीगलौज खाने, पिटाई खानु पर्ने दुरव्यवहार सहनु पर्ने जस्ता धेरै समस्याहरु देखिएका छन् । त्यसैले यो ई पी एस् प्रणाली नै ठिक नभएकोले वर्क परमिट सिस्टम लागु गर्न एमटियुले कोरियन सरकारलाई दबाब पनि दिदै आएको छ| कोरिया सरकारले नै यस्तो खालको नीति बनाएर लागु गर्ने देख्दछु् ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवस कसरी मनाउदै हुनु हुन्छ?

हरेक बर्ष दक्षिण कोरियामा पनि प्रबाशी नेपाली महिला दिदिबहिनि तथा दाजुभाईहरुको साथमा वुमन फर वुमनले नारी दिवस मनाउदै आएको छ| यो बर्ष पनि मार्च १९ तारिख नेपाल हाउस सिन्सल दोंगमा मनाउने योजना छ|यद्दपी मार्च ८ तारिख नारी दिवस भए पनि कोरियाको व्यस्तता संगै यो दिवस १९ तारिख मनाउने निर्णय गरिएको हो| सदाको बर्ष झैँ औपचारिक कार्यक्रम गरि नारीहरुको हक हित र अधिकारका बारेमा बहस गर्नेछौं|त्यसै गरि भर्खरै गठित नया कार्यसमिति सदस्यहरु र सल्लाकारहरुलाई स्वागत साथै निबर्तमान पदाधिकारीहरुलाई बिदाई तथा सम्मान पनि गरिनेछ|

अन्तमा के भन्न चाहनु हुन्छ?
कोरियामा कार्यरत सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुले होसियार पुर्बक काम गर्नु होला । कुनै समस्या परेमा यहाँ रहेका संस्था, नेपाली दुताबास, एमटियु, प्रबाशी सहयोग सेन्टरहरुमा सम्पर्क राख्नु होला । महिला दिदीबहिनीहरुले वुमन फर वुमनलाई पनि सम्झिनु होला । एकले अर्कोसंग हातेमालोको भाबना राखेर वुमन फर वुमनलाई पनि सहयोग गरिदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु र मेरो छोटो विचार राख्ने मौका दिनु भएकोमा फोनिज कोरिया डट नेटलाई बिशेष धन्यवाद दिन चाहन्छु् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...