किराँत राई यायोक्खा कोरियाले मे २८ बुसान र जुन ४ सोलमा साकेला उभौली पर्व मनाउने


किराँतीहरुको महान पर्व उभौली साकेलाको उपलक्षमा किराँत राई यायोक्खा दक्षिण कोरिया केन्द्रिय संस्थाले आउदो जुन, ४ तारिक आइतबारको दिन सौल को तुङ्ग्देमुनमा र किराया बुसान शाखाले मे २८ बुसानमा उभौली साकेला पर्व-२०७४ कार्यक्रमको आयोजना गर्ने भएको छ।

वसन्त ऋतुको आगमन संगै बाली लगाउने समय अर्थात् बैशाख पुर्णिमाबाट सुरु भएर पन्ध्र दिनसम्म मनाइने उभौली पर्ब समयमै वर्षात होस्, अन्नबाली राम्रो होस्, जंगली जनावरले दुःख नदिऊन् भन्ने कामना गर्दै ढोलझ्याम्टाको तालमा नाचेर मनाइने यस पर्व अवधिभरि प्रकृति पुजक किरात-राई समुदायमा घरदेखि गाउँ-टोल हुँदै साकेला थानमा भेला भएर सामूहिक रूपमा साकेला मनाइने चलन छ । अन्नबाली छरेको, रोपेको, गोडेको, टिपेको, थन्क्याएको, धागो बाटेको, कपडा बुन्ने चरा चुरुङ्गी नाचेको आदि अभिनय गर्दै नाचिने यस पर्व किराँत समुदायको मौलिक संस्कृतिको रुपमा लिइन्छ।

परापुर्व काल देखि मनाउदै आएको यस पर्व, लोप हुदै गैरहेको अबस्थामा अहिले यसको संरक्षणको लागि किराती समुदायहरु रहेको ठाउँ, देश विदेशमा पनि मनाउन थलिएकोछ। अहिले दक्षिण कोरियामा किराँतीहरुको संख्या बढ्दो छ। निकै लामो समय देखि कोरिया मै स्थायी रुपमा बसोबास गर्दै आउनु भएको किराँत समुदाय र बिशेष गरेर ई.पी.एस. मार्फत श्रमको लागि दक्षिण कोरियामा प्रवेश गरेका किराँत राई समुदायको व्यक्तिहरु लाई लक्षित गरि गर्न लगिएको यस कार्यक्रम ले प्रबाशी भूमिमा पनि आफ्नो गाउँ घरको याद दिलाउदै, एकछिन भए पनि आफ्नो दुख पिडा लाई भुल्दै, मौलिक संस्कृतिको जगेर्णा गर्न यस्तो कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बाल कृष्ण बान्तावाले जानकारी दिनु भयो।

नेपालमा बैशाख पुर्णिमा बाट सुरु भए लगतै गत मे १४ मा कोरियाको ख्वांग्जुमा पहिलो पटक उद्घाटन संगै साकेला पर्ब मनाईएको थियो। निशुल्क प्रवेश रहेको यस कार्यक्रममा साकेला सम्बन्धि गीत- नाच साथै अन्य मनोरन्जनात्मक कार्यक्रम, किरात राईहरुको मौलिक स्वादिस्ट खानाका परिकारहरुको निशुल्क ब्यवस्था गरिनेछ । उक्त दिन दक्षिण कोरियामा रहेका सम्पूर्ण किराँती तथा गैर किराँतीहरु, बिभिन्न संघ संस्था लगायत सम्पूर्ण नेपालीहरु आफ्नो भेष भुषामा उपस्थित भै कार्यक्रम सफल बनाईदिन को लागि आयोजक ले हार्दिक अनुरोध गरेका छन्।

कार्यक्रम तालिका:

बुसान:
स्थान – 사상 삼락 공원 부산
मिति -२८ मे २०१७ आईतबार
समय – दिनको ठिक 12 बजे बाट

जाने तरिका – सासाङ बाट किमे जादा भेटिने 괘법 르네시떼 स्टेसनबाट पैदल हिडेर आकाशे पुल हुँदै पुलको अन्तिमबाट ओर्लिने ( 괘법 르네시떼 स्टेसन मा सहयोगको लागि आयोजकका स्वयमसेवकहरु हुनेछन)

सम्पर्क –
रबिन राई (1029136772)
आनन्द राई 부산 ( 010-721-77465)
मिलन किराती 대구 ( 010-216-37613)
दोस्तिहांग राई: 01048332607

मिना राई 사상 (010 55435004)

सौल तालिका:

मिति: – ०४ , जुन, २०१७ आईतबार
स्थान:- सङ्गुइन ग्रीन पार्क,तोङ्ग्देमुन (ब्याडमिन्टोन ग्राउण्ड डाँडा, २०१६ मा साकेला नाँचेको ठाउ)
समय – दिनको ठिक १२ बजे बाट
जाने तरिका : तुन्देमुन को ३ नम्बर गेट र दोंफ्योआफ ९ नम्बर गेट बाट बाटो देखाइने छ।

सम्पर्क:
बालकृष्ण बान्तवा: ०१०६४६३३४५२

दिपक राई:010-6627-2353

पदम राई:010-5957-9741

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...