कोरियाबासी मगरहरुले भब्य रुपमा मनाए भुमे पर्व


नेपाल मगर संघ केन्द्रिय कमिटी सउल तथा थेगु, किम्हे गजेदो शाखा कमिटिको संयुक्त आयोजनामा भूम्या पर्वको अवसरमा गत आइतबार भेटघाट तथा बनभोज कार्यक्रम (चिन्डिकिडुपकी दैसिने ) भब्य रुपमा मनाइएको छ । बिशेष गरी यो चाड असार १ गते पर्ने भए पनि यहाँ भने केही दिन अगाबै सबैको बिदाको अनुकुलता मिलाएर मनाइएको हो ।
प्रबासमा रहेर पनि आफ्नो मौलिक सस्कृतिको संरक्षण, सम्बर्धन एक आपसमा परिचय तथा भेटघाट गर्ने उदेश्येले कार्यक्रम राखिएको थियो । कोरियाको थेगु शहर नजिकै सुन्दर गुमीमा आयोजित कार्यक्रममा दुई सय पचास जना भन्दा बढी कोरिया बासी मगर तथा गैर मगरहरुको समेत सहभागीहरुको अत्यन्तै उत्साहजनक बाक्लो उपस्थिति रहेको थियो ।
दुइ चरणमा सम्पन्न उक्त कार्यक्रममा पहिलो चरणमा औपचारिक कार्यक्रम गरिएको थियो । मगर संघ कोरिया केन्द्रिय अध्यक्ष खड्ग थापा मगरको सभापतित्वमा सम्पन्न भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि संरक्षक अप्त पुन मगर बिशेस अथितिहरुमा सल्लाहकार तथा भू पु नेपाल मगर संघ केन्द्रिय सदस्य मिना थापा मगर नेपालआदिवासी जनजाति महासंघ दक्षिण कोरियाका महासचिव केशर दर्लामी मगर सल्लाहकार एनआरएनए कोरियाका कार्यबाहक अध्यक्ष तथा ब्यबसायी ओम नारायण जुग्जाली , सल्लहाकार एनआरएनए कोरियाका महासचिव तथा ब्यबसायी दिपक पुन मगर किम्हे शाखा अध्यक्ष भिषण पुर्जा मगर थेगु शाखा अध्यक्ष शालिकाराम पुलामी मगर मगर समाज गजेदो अध्यक्ष सुरज रानामगर हुनुहुन्थ्यो ।
कार्यक्रम सञ्चालन गजेदो शाखा मगर समाजका सचिव भोज राना मगरले गर्नु भएको थियो । राष्ट्रिय गान सहित शुरु भएको कार्यक्रममा अतिथि सहभागीहरुलाइ संस्थाका उपाध्यक्ष तथा बनभोज कार्यक्रमको व्यवस्थापक नगेन्द्र मगरले मन्तव्य मार्फत स्वागत गर्नु भ्एको थियो । कार्यक्रमको विधिवत शुभारम्मभ संगै भुमे पुजा तथा बाजा गाजा सहित सांगीतिक टोली कलाकारहरु सहित मगर भेष भुषा मा सुसजित सम्पूर्ण सहभागी को भुम्या नाचबाट शुरु भएको थियो । भुमे पूजा व्यवस्थापन संघका सल्लाहकार अशोक बाह्रघरे मगरले गर्नु भएको थियो भने पूजारी रामचन्द्र बुढामगरले बिधिवत रुपमा भुमे पूजा गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रम अथितिहरुले राष्ट्रिय चाड भूम्या पर्वको अवसरमा शुभकाना मन्तव्य दिनु भयको थियो । अन्त्यमा कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष खड्ग थापा मगरले कार्यक्रममा सबै जनाको उत्साहजनक उपस्थितिले सामाजिक क्षेत्रमा थप नया कार्यहरु गर्न सकारात्मक उर्जा मिलेको बताउदै सम्पूर्ण लाइ हार्दिक धन्यवाद दिदै पहिलो चरणको औपचारिक कार्यक्रमको समापन गरेका थिए।
कार्यक्रमको दोश्रो चरणमा डोरी तान्ने खेलले सबैको ध्यान केन्द्रित गरेको थियो। सल्लाहकार समूह , भलिबल समूह, फुटबल समुह ,सास्कृतिक समूह बिचको डोरी तान्ने कडा प्रतिसप्रधामा सल्लहाकार समुह प्रथम स्थान हुन सफल भएको थियो भने अन्तिम चरणमा सास्कृतिक विभाग प्रमुख तथा लोक गायक देबिन्द्र काउचाको सयोजकत्वमा विविध मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम सन्चालन थियो । जसमा प्रतिभावान कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । उपस्थित सम्पूर्ण ले मगरहरुको मौलिक संस्कृति झल्कने नाचगानमा सहभागी भइ हर्षउल्लासमय वातावरणका साथ एकआपसमा भुमे पर्व को शुभकामना आदान प्रदान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...