नेपकोरले मास्क डान्स पार्टीको आयोजना गर्ने


नेपकोरले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर जनवरी २८ तारिख मास्क डान्स पार्टीको आयोजना गर्ने भएको छ । नेपकोरले कोरियाको दोङ्देमूनमा आयोजना गरेको बृहत् मास्क पार्टीमा चर्चित नेपाली मुलका बेलायती डिजे एल “L” आउने पक्का भएको छ । पार्टीसो पृथक र युरोपियन शैलीको मास्क डान्स पार्टीमा नेपालीलाई थप मनोरञ्जन र संगितमय बनाउन डिजे एललाई आयोजक नेपकोरले आमन्त्रण गरेको हो ।

सात वर्ष अष्ट्रेलियामा बसेर त्यहाँ रहेका नेपालीलाई सांगेतिक मनोरञ्जन दिएर चर्चित बनेका डिजे एल अहिले बेलायतमा पनि सांगेतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिदै आएका छन् । उनले बेलायतमा पनि विभिन्न अवसरमा नेपालीले आयोजना गर्ने पार्टी र सांगेतिक कार्यक्रममा सांगेतिक मनोरञ्जन दिदै आएका छन् । बेलायत सहित युरोपमा रहेका नेपाली माझ चिनिएका डिजे एलको कोरियामा पनि धेरै नेपाली प्रशंसक रहेका छन् ।

 

डिजे एलको कोरिया आउन चाहिने भिषा लगायतका प्रक्रिया पुरा भएको जानकारी आयोजकले दिएको छ । डिजे एल आउने निश्चित भएपछि पार्टीको तयारी जुटेको आयोजकले जनाएको छ । डिजे एलले कोरियामा रहेका नेपालीको मन जित्ने आशा पनि आयोजकको छ । नेपकोरले यस अघि ट्यान्क टप डान्स पार्टी आयोजना गरेको दोङ्देमूनको हिस्ट्री एण्ड कल्चरल पार्क नजिकैको न्यु छान्जी होटलमा मास्क पार्टी गर्ने भएको छ ।

 

यसैबीच नेपकोरले सोहि दिन दिउसो दोङ्देमून आसपासमा सरसफाई कार्यक्रम पनि आयोजना गरेको छ । त्यसैगरी आयोजकले पार्टीमा आउने महिला तथा लेडिजलाई फ्रिमा मास्क दिने भएको छ ।मास्क गर्ल्सले मात्र लगाउने भएकोले उनिहरुलाई फ्री गरिएको आयोजकले जनाएको छ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...