मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई


जनसम्पर्क समिती दक्षिण कोरियाद्धारा आमन्त्रित नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलको बारेमा कोरियामा रहने नेपालीहरु केहि हदसम्म जानकार रहेकै छन् तर पनि प्रायः नेपालीहरुले बरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको नेताको रुपमा मात्र जान्दछन् । उनको भिजन, सोच, मान्यता र सिद्धान्तको बारेमा धेरै नेपालीहरु जानकार नभएको कांरणले यो सानो लेखमा सो बारेमा प्रकाश पार्न खोजिएको छ ।
नेपालको नेताहरुको भिड भित्र रामचन्द्र पौडेल यस्ता अग्ला नेता हुन जसको आप्mनै आदर्श, नैतिकता, सोच, र भिजन छ । वि. पी. कोईराला पछिको नेताहरु सि. के. प्रसाई, ढुण्डीराज शास्त्री, जगन्नाथ आचार्य, आदि पछिको प्रजातान्त्रिक समाजबादको एक मात्र ब्याख्यार्ता रामचन्द्र पौडेल नै हुन् । प्रजातान्त्रिक समाजबादमा कट्टर विश्वास राख्ने रामचन्द्र दाईको जीवनस्तर पनि साधारण नेपालीहरुको जस्तै रहेको छ । साधारण जीवन ब्यतित गर्ने उनी अध्ययनमा अत्यन्तै रुची राख्दछन् । अध्ययनशिल रामचन्द्र दाई मोजमस्ती, सुरापान र हाईफाई जीवनदेखी निकै टाढा रहन्छन् । उनी धेरै कम नेपाली नेताहरु मध्येमा नैतिक आंचरण बलियो भएको नेता पनि हुन् । ईमान्दारिताको कसीमा कहिल्यै नचुकेका नेता हुन् उनी । रामचन्द्र दाई आफैमा एक सिद्धहस्त लेखक समेत हुन् ।
रामचन्द्र दाईको हरेक लेखहरु तथा भाषणहरुमा नेपाली कांग्रेसलाई किसानको पार्टी तथा मजदुरको साथीको रुपमा चित्रण गर्ने गर्दछन् । देशको कुल ग्राहस्थ उत्पादनमा ३५ प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने कृषी र किसानको उत्थान बिना नेपालको विकास संभव छैन भन्नेमा अत्यन्त गहिरो अध्ययन र विश्वास रामचन्द्र दाईमा रहेको छ । कृषीमा बैज्ञानिकीकरण, माटो परिक्षण, सो अनुसारको खेती, कृषीको लागी पर्याप्त पानी, उन्नत बीउ, मल, कृषी तालिम तथा कृषी मार्ग र कृषी उपजको लागी बजार सम्बन्धमा रामचन्द्र दाईमा स्पष्ट धारणा रहेको पाईन्छ । युवा र शिक्षित पुस्ता कृषीमा आउनै पर्ने, कृषी विश्वविद्यालय तथा कृषी कलेजहरुको स्थापना, कृषकलाई शुलभ कृषी ऋण, कृषक परिचयपत्र तथा कृषकहरुलाई राज्यले विभिन्न क्षेत्रमा अनुदान दिनु पर्नेमा रामचन्द्र दाईको धेरै पहिले देखी नै प्रस्ट धारणा रहि आएको छ । कृषकहरु रहने गाउं र उनीहरुको खेतबारीलाई कृषी मार्गले छुनै पर्ने मान्यता रामचन्द्र दाईमा रहेका पाईन्छ । कृषीलाई सम्मानित पेशा र निर्यातमुखी पेशा बनाउनै पर्नेमा अडिग रामचन्द्र दाईको धारणा उनको विभिन्न लेख, पुस्तक, दस्तावेज र भाषणहरुमा पाउन सकिन्छ । कृषी र कृषकहरुको जीवनस्तर परिवर्तन नभएसम्म नेपालमा परिवर्तन संभव नहुने कुरामा रामचन्द्र दाई स्पष्ट छन् । जसको जोत, उसको पोतमा विश्वास राख्ने रामचन्द्र दाई कृषीयोग्य जमिनमा किसानको स्वामित्यको प्रखर ब्याख्यार्ता समेत हुन् । जमिनको बैज्ञानिक बर्गीकरण र उपभोग सम्बन्धी आधुनिक कानुनको निर्माण हुनु पर्नेमा उनको जोड रहंदै आएको छ । भुमिहिन किसानलाई भुस्वामित्य हुने पर्ने र सुकुम्बासी जनताले जीवनमा आधुनिक तवरले गुजारा गर्न सक्ने जमिन पाउनै पर्नेमा वकालत गर्ने नेता हुन् रामचन्द्र दाई । नेपालमा मासु, माछा, फलफुल खेती, बन्यजन्तु, घरपालुवा जनावर पालन, बनस्पती तथा औषधी खेतीको बारेमा थोरै जानकार नेपाली नेतामा सबैभन्दा अग्र पङ्तीमा पर्दछन् रामचन्द्र दाई । नेपाली कांग्रेस पार्टीलाई किसानमुखी र किसान मैत्री पार्टी बनाउनमा रामचन्द्र दाईको भुमिका अतुलनिय रहि आएको छ ।
नेपाली मजदुरहरुको पक्षमा सदैब वकालत गर्ने रामचन्द्र दाई नेपाली कांग्रेसको ईतिहांसको अत्यन्तै महत्वपुर्ण कालखण्ड विराटनगर जुट मिलको मजदुरहरुबाट स्थापित भई अगाडि बढेको कुरालाई बारम्बार स्मरण गर्दछन । उनको हरेक लेख, दस्तावेज तथा भाषणहरुमा यो कुरा पढ्न र सुन्न पाईन्छ । नेपाली कांग्रेस मजदुरको साथी हो र बन्नु पर्दछ भन्ने उनको मान्यता रहेको छ । औद्योगिकरणको विकास नभएको हाम्रो मुलुकमा किसानहरु नै मजदुर हुन् भन्ने बुझेका रामचन्द्र दाई आजको आधुनिक युगमा नेपालको आन्तरिक श्रम बजार र विदेशी श्रम बजारमा काम गर्ने नेपाली मजदुरहरुको दुःख, कष्ट, वेदना र समस्याहरुसंग राम्रो संग परिचित छन् । स्वदेशमै रोजगारीको अवसर सिर्जना गरि नेपाली मजदुरहरुलाई देशमै रहन सक्ने वातावरण स्थापना गर्नु पर्दछ भन्ने अटल मान्यता रामचन्द्र दाईमा रहंदै आएको छ । यसको लागी आफु सरोकारवाला पदमा रहंदा रामचन्द्र दाईले स्वदेशी उद्योगपती र विदेशी लगानीलाइ नेपालमा लगानी गर्नको लागी सधै उत्प्रेरित गरिरहे । वैदेशिक रोजगारीमा जानै पर्ने भएमा सो सम्बन्धी विषेश तालिम वा ज्ञान आर्जन गरि जानु पर्ने र सरकारी स्तरबाटै विदेशमा रोजगारीको लागी जान पाउनु पर्ने धारणाको पक्षपाती हुन् उनी । सुरक्षित आप्रवासन र विदेशमा नेपाली श्रमिकले भोग्नु पर्ने विभिन्न समस्याहरुको सरकारी स्तरबाट समाधान खोजिनु पर्नेमा रामचन्द्र दाईको स्पष्ट धारणा रहेको छ । अन्तराष्ट्रिय श्रम बजारमा नेपालीहरुले अत्यन्त सस्तो दाममा श्रम बेच्न बाध्य रहेको कटु यथार्थसंग उनी परिचित छन् । वैदेशिक रोजगारीको कमाई बैज्ञानिक र उत्पादनमुलक क्षेत्रमा लगानी नभैरहेको कुरा संग परिचित रामचन्द्र दाई देशमै कृषी क्रान्तीको माध्यमबाट लाखौं नेपाली युवाहरुलाई स्वरोजगारको प्रशस्त अबसरहरु सिर्जना गर्न सकिने विश्वास गर्दछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको परिवार मात्र वैदेशिक रोजगारीको कमाईमा निर्भर रहेको आजको परिस्थितीमा उनीहरु पनि नेपालमा कुनै न कुनै आयमुलक वित्तिय कार्यहरुमा सरिक भए मात्र वैदेशिक रोजगारीको समय छोटो बनाउन सकिने कुराको हेक्का रामचन्द्र दाईमा रहेको छ । किसान र मजदुरलाई आर्थिक रुपमा बलियो बनाउनै पर्ने कुराको वकालत गर्ने रामचन्द्र दाई यी दुई समुदायहरुको विकास र उत्थान बिना नेपाल विकसित हुनै नसक्ने कुराको बलियो पक्षपाती हुन् ।
कुनै समयमा रामचन्द्र दाई नेपाली प्रजातान्त्रिक युवा पुस्ताको एक जम्दा र आसा एबं भरोसा राखिएको नेता समेत हुन् । लाखौं नेपाली युवाहरुलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा सरिक गराउने जस पनि रामचन्द्र दाईलाई जान्छ । त्यसैले उनले आधुनिक परिवेशमा नेपाली युवाहरुको आकांक्षा र आबस्यकतालाई निकै नजिकबाट नियाल्न सक्दछन् । रामचन्द्र दाईको प्रजातान्त्रिक समाजबाद प्रतिको प्रतिबद्धता, राष्ट्रियता प्रतिको माया, अध्ययनशिल स्वभाव, ईमान्दारिता, नैतिकता र अनुशासित जीवन पद्धतीबाट आजको युवा पुस्ताले धेरै कुरा सिक्न सक्दछन् । उनको किसान र मजदुर प्रतिको भरोसा र विश्वास सांच्चीकै अनुपम छ । रामचन्द्र दाईले प्रजातन्त्र प्राप्त गर्नको लागी गरेको सर्घष, बलिदान, जेल सजाय र त्याग नेपालको समकालिन नेताहरुको भन्दा धेरै माथी छ । नेपाली कांग्रेसको सच्चा र अत्यन्त अनुशासित सिपाही हुन् रामचन्द्र दाई ।
तर रामचन्द्र दाई आकासबाट धर्तीमा झरेका नेता भने हैनन् । उनमा पनि केहि खराबी वा कमजारी नभएको हैन । पार्टी भित्र कार्यकर्तालाई सुरक्षा नदिने नेताको रुपमा उनलाई चित्रण गर्ने गरिन्छ । तर यो आजको विश्व परिस्थितीमा त्यति सुहाउदो दोष भने हैन । नेताले कार्यकताको सुरक्षा गर्ने हैन, जनताको र देशको सुरक्षा गर्ने हो । कानुनको पालना गर्ने हो । तर नेपाल जस्तो गरिव देशको नेताहरुलाई यस्तो आरोप लगाईने गरिन्छ । रामचन्द्र दाईलाई आप्mनो नजिकको नातेदारहरुको सल्लाहमा चल्ने नेताको रुपमा पनि हेर्ने गरिन्छ । यदि यो सांचो हो भने यसमा रामचन्द्र दाई सजग हुनै पर्दछ । नातेदार बाट हैन असल, विज्ञ र विद्धान सल्लाहकारहरुबाट चल्ने बानीको विकास गर्न जरुरी छ । रामचन्द्र दाईलाई लगाईने अर्को आरोप उनी संग वैदेशिक सम्बन्ध नभएको नेता हो भनिन्छ । यो पनि त्यति जरुरी छैन र हुनै पर्छ भन्ने हैन । देश बनाउने अरुले हैन, नेपालीले नै हो । भोली कार्यकारिणी प्रमुख भै सकेपछि त्यो आफै र स्वत देशको सरकारी संयन्त्रबाट स्थापित हुने हो । देशको संबिधान यस्तो लेख र उस्तो लेख वा फलानालाई प्रधानमन्त्री बनाउ भन्ने विदेशी खटनको वैदेशिक सम्बन्ध हुनु भन्दा नभएको हजारौं गुणा जाती हुन्छ । देशको वैदेशिक सम्बन्ध राज्यको पंचशिलको सिद्धान्तको आधारमा आपसी सहयोग र विश्व शान्तीको र विकासको लागी राज्यको कुट्नैतिक निकायले तय गर्दछ । तर पनि आजको ग्लोबलाईजेशनको जमानामा विश्यस्तरिय नेता र नेतृत्वसंग आपसी सम्बन्ध हुनु वा प्रभावशाली क्षेत्रिय नेतृत्व र राष्ट्रहरु संग ब्याक्तिगत सम्बन्ध स्थापना गर्न सक्नु नराम्रो भने पक्कै हैन ।
पार्टीको एक सच्चा सिपाही, प्रजातान्त्रिक समाजवादको प्रखर ब्याख्यार्ता, अनुशासन, ईमान्दारिता र अध्ययनशिलताको प्रतिमुर्ती तथा मजदुर र किसानको अटल साथी रामचन्द्र दाईलाई लगभग ४०,००० को संख्यामा रहेको नेपाली मजदुर समुदाय समक्ष अन्तरक्रियाको लागी आमन्त्रण गरेर जनसम्पर्क समिती दक्षिण कोरियाले प्रशंसायोग्य कार्य गरेको छ । यसको लागी नेपाली जनसम्पर्क समिती दक्षिण कोरिया धन्यवादको हकदार बनेको छ तर देशमा अब तीन तहको चुनाब नजिक आईरहेको यस संवेदनशिल घडीमा पार्टीको बरिष्ठ नेतालाई आम जनसमुदाय बीच उतार्नु भन्दा अगाडि संस्थाले निकै सोच्नु पर्ने विषय छ । पार्टीको बरिष्ठ नेताको सैदान्तिक प्रशिक्षण र अन्तरक्रियालाई त आम जनमानसमा लग्नु लाभदायक नै हुन्छ तर रणनैतिक प्रशिक्षण, निर्देशन, सल्लाह र अन्तरक्रियालाई पार्टीको नितान्त कार्यकर्ता माझ नै मन्थन गरिनु पर्छ भन्ने यो पङ्तिकारको सुझाव हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...